Comments Add Comment

होटलको अनौठो अफर, होटलमा गर्भाधारण गर्ने जोडीलाई १ करोड १२ लाख पुरस्कार

pregnantयदि तपाइँ नवविवाहित दम्पत्ति हुनुहुन्छ र हनिमुन मनाउनका लागि कतै जाने योजनामा हुनुहुन्छ भने तपाइँसामु सुनौलो अवसर छ । यो अवसर प्राप्त भयो भने तपाइँले सित्तैमा घुम्न त पाउनु नै हुन्छ १ करोड १२ लाख रुपैयाँ पनि पुरस्कार पाउनुहुनेछ ।

एक आलिशान होटेलले यस्तो अफर दिएको छ । यो अफर जित्नका लागि एउटा शर्त छ । यदि कोही दम्पत्ति यो होटलमा आएर बास बसे र सोही होटलमा महिला गर्भवती भइन् भने ती महिलाले १ करोड १२ लाख रुपैयाँ बराबरको पुरस्कार पाउनेछिन् ।

होटलमै गर्भ बोक्ने दम्पत्तिलाई करोड भन्दा बढि नगद पुरस्कार दिने होटल इजरायलमा छ । इजरायलको यह्दा नामक होटलले आफ्ना ग्राहकलाई यस्तो मज्जाको अफर दिएको छ । यदि होटलमा आएका जोडीहरु तय गरिएको मितिमा होटलमै गर्भाधारण गर्न सफल भए भने उनीहरुले मोटो रकम पुरस्कार मात्र पाउने छैनन् होटलमा खानपिन र बसोबासका लागि लागि पूरै खर्च पनि मिनाहा हुनेछ ।

तर मख्ख भने नपर्नुस् है । सातै दिन, बाह्रै महिना यो अफर भने छैन । केवल अधिक वर्ष अर्थात् ३ सय ६६ दिनको वर्ष भएको वर्षको फेब्रुअरी २९ तारेखका दिन मात्र यस्तो अफर दिने गरिएको छ । जस अनुसार हरेक चार वर्षमा एक दिन मात्र यस्तो अफर प्राप्त हुन्छ ।

फेब्रुअरी २९ को रात होटलमा बसोबास गरेर समागम गरेका जोडीहरु मध्ये जसले गर्भाधारण गरेको दाबी गर्दछन् होटलमै रहेका डाक्टरहरुले महिलाको परीक्षण गर्दछन् । यदि उनले गर्भाधारण गरेको ठहरिएमा उनीहरुलाई नगद तथा खर्च छुटको पुरस्कार प्रदान गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment