Comments Add Comment

नयाँ शक्ति पार्टी अमेरिकामा विस्तार, डा. भट्टराई प्रमुख सल्लाहकार

Baburam Bhattarai

नेपालमा शान्ति, विकाश र आर्थिक समृद्धिकालागि सहयोग गर्ने उद्देश्यले अमेरिकामा इन्टरनेशनल नेपलिज सोसाइटी अमेरिकाको गठन गरिएको छ ।

अमेरिकाको गैरनाफामुलक संस्थाको कानून अनुसार न्युयोर्कमा दर्ता गरिएको यो संस्थाका प्रमुख सल्लाहकार डाक्टर बाबुराम भट्टराई र नवराज सुवेदी छन् । त्यस्तै संस्थाका सल्लाहकारहरुमा शंकर भण्डारी, किशोर पन्थी, केशव भट्टराई, शिव गौतम र डाक्टर जीत जोशी छन् ।

इन्टरनेशनल नेपलिज सोसाइटी अमेरिकाका संयोजक ज्ञानप्रसाद रिमाल र सहसंयोजक विनय पोखरेल छन् भने कार्यक्रम प्रमुख डाक्टर रमेश कुमार आचार्य र सदस्यहरुमा मेघासिंह अधिकारी, उदय केसी, अनिता सिलवाल, लोकनाथ मिश्र र विभा दवाडी छन् ।

अन्य सदस्यहरु क्रमश थप्दै जाने र यथाशीघ्र भेलाको आयोजना गरी पूर्णरुपको कार्यसमिति निर्माण बताइएको छ ।

इन्टरनेशनल नेप्लिज सोसाइटी अमेरिकाका प्रमुख सल्लाहकार डाक्टर बाबुराम भट्टराई नयाँ शक्ति पार्टी नेपालका संयोजक हुन् भने नवराज सुवेदी प्रवास प्रादेशिक समितिमा संयोजक हुन् । त्यस्तै संस्थाका सल्लाहकार शंकर भण्डारी नयाँ शक्तिका प्रवास प्रादेशिक समितिका सहसंयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment