Comments Add Comment

पोखरामा छल्किएकी नम्रता

namrata sapkota

पोखरामा शनिबार बेलुकी ‘आठौ डी सिने अवार्ड’ सम्पन्न भयो । अवार्ड भन्ने वित्तिकै यसका विजेताको नाम दर्शकको मानसपलटमा आउने गर्छ । २६ विधामा अवार्ड र १० भन्दा बढी विभिन्न शिर्षक दिएर अवार्ड वितरण गरिएकाले पनि अहिले सबैको ध्यान यसमै केन्द्रित छ ।

तर, अवार्ड समारोहमा कलाकारका प्रस्तुती पनि ‘टक अफ द टाउन’ बनेका छन् । नायिका नम्रता सापकोटा पोखरामा छल्किइन् । उनले चर्चित गीतहरुमा नृत्य गरिन्, जसले माहोल गर्मायो ।

नम्रतासँगै नायिका पवित्रा आचार्यले पनि आकर्षक नृत्य गरिन् । नेपालमा आयोजना हुने केही अवार्ड समारोहमा सांकृतिक प्रस्तुतीका लागि नम्रता र पवित्रा छुट्दैनन् ।namrata and pabitra

तर, नम्रताको चलचित्रको पर्दामा भने खास चर्चा छैन । म्यूजिक भिडियोमा व्यस्त रहने यी मोडल तथा नायिका चलचित्रमा भने दमदार भूमिकामा प्रस्तुत हुन सकेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment