+
+

नेविसंघ प्रतिनिधि विवादले निर्देशन समिति पनि बिभाजित

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ३० गते १४:४७

३० साउन, काठमाडौं । नेविसंघको महाधिवेशन गराउने जिम्मेवारी पाएको निर्देशन समितिमै प्रतिनिधि विवादले विभाजन आएको छ । निर्देशन समितिका सदस्यद्वय गोविन्द भट्टराई र गुरुराज घिमिरेले प्रतिनिधिहरुको नामावलीप्रति असन्तुष्टि जनाउँदै सच्याउन माग गरेका छन् ।

Gobinda Bhattarai and Gururaj Ghimire
गोविन्द भट्टराई र गुरुराज घिमिरे

भट्टराई र घिमिरेले आइतबार विज्ञप्ति निकालेर नामावली सच्याएर मात्रै नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

आइतबार नै रामचन्द्र पौडेल पक्षका नेविसंघ नेताहरुको भेलाले प्रतिनिधि नामावली सच्याएरमात्रै निर्वाचन प्रक्रिया अघि बढाउन माग गरेको छ ।

नेविसंघको एघारौं महाधिवेशनका ३ हजार ७ सय ६० प्रतिनिधिहरुको नामावली शनिबार राति प्रकाशित भएको थियो । तर, सो नामावली निर्देशन समितिको निर्णय विपरित भएको दाबी भट्टराई र घिमिरेले गरेका छन् ।

‘६४ जिल्लाका मतदाता सूची यथावत राखि, बाँकी विवादित ११ जिल्ला र केही क्याम्पसका मतदाता सूचीलाई अन्तिम रुप दिई प्रकाशित गर्ने निर्णय वर्तमान समितिले गरेको हो,’ निर्देशन समितिका सदस्यद्वय भट्टराई र घिमिरेले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यस विपरित अहिले प्रकाशित नामावली विवादित बन्न पुगेको छ ।’

विज्ञप्तिमा थप लेखिएको छ, ‘निर्देशन समितिमा भएको सहमति र निर्णय अनुरुप विवादित नामावली सच्याएरमात्र निर्वाचन प्रक्रिया अघि बढाउन पर्दछ भन्ने दृढ मान्यता सार्बजनिक गर्दछौं ।’

पढ्नुहोस् प्रेस विज्ञप्ति

Guru-Ghimire-and-Gobinda-Bhattarai-Press-Relese

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?