+
+

अष्ट्रेलिया र न्यूजिल्याण्डमा ‘फर्की फर्की’को सप्ताहन्त ओपनिङ करोड नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते २२:१२

सिड्नी । अनमोल केसी स्टारर फेन्टासी-ड्रामा ‘फर्की फर्की’ले पहिलो सप्ताहन्त (तीन दिनमा) अष्ट्रेलिया र न्यूजिल्याडमा उत्कृष्ट कमाई गरेको छ । फिल्मले ती दुई मुलुकमा १ करोड रुपैयाँभन्दा बढीको कलेक्सन गरेको वितरण कम्पनीले जनाएको छ ।

अष्ट्रेलियाका ८ र न्यूजिल्यान्डका ६ वटा राज्यमा रिलिज भएको यो फिल्मले पहिलो सप्तान्त उत्कृष्ट कमाई गरेको वितरक नमस्ते इन्टरटेनमेन्टले जनाएको छ । ‘सुरुवाती तीन दिनको कमाईले यसअघिको नेपाली फिल्मको रेकर्डलाई उछिनेको छ’ वितरक देव कार्कीले भने ।

उनका अनुसार ती २ मुलुकका ४५ हलका ५०० पर्दाबाट फिल्म रिलिज भएको हो । गोल्डक्लासका थिएटरमा समेत फिल्म हाउसफूल रहेको जनाइएको छ ।

रोहित अधिकारीले निर्माण गरेको यो फिल्म अमेरिका र मध्यपूर्वमा समेत रिलिज भएको छ । ११ अमेरिकी सहरमा उत्कृष्ट प्रतिक्रियासहित फिल्म प्रदर्शन भैरहेको अमेरिकी वितरक प्याट्रिक सुवेदीले बताए । मध्यपूर्वमा पनि सुखद प्रतिक्रियासहित फिल्म चलेको वितरक रमेश ढकालले जानकारी दिए ।

सुयोग गुरुङ निर्देशित यो फिल्मले नेपालमा शनिबारसम्मै राम्रो कमाई गरेको वितरक गोविन्द शाहीले जनाए । ‘हामीले मंगलबारको गणतन्त्र दिवसमा पनि अझै राम्रो कमाइ हुने आशा लिएका छौं’ उनले भने । यो फिल्मको उछाल ओपनिङले अनमोल केसीलाई व्यवसायिकरुपमा राहत मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?