Comments Add Comment

चारजनाले लगाए राज्यमन्त्रीको पगरी ! को-को हुन्, चिन्नोस्

लिम्बुवानदेखि भोजपुरासम्म सन्तुलन मिलाउने प्रयास

Maoist State Ministers

३० साउन, काठमाडौं । सरकार विस्तारका क्रममा माओवादीका चार नेताले आइतबार अपरान्ह राज्यमन्त्रीको सपथ लिएका छन् । सपथग्रहण गर्ने राज्यमन्त्रीहरुमा श्रीप्रसाद जबेगु (स्थानीय विकास), सत्यनारायण भगत (उर्जा), राधिका तामाङ (कृषि) र धनमाया विश्वकर्मा खनाल (विना विभागीय) छन् ।

चार राज्यमन्त्रीहरुले धनकुटा, पाँचथर, रौतहट र नुवाकोटबाट प्रतिनिधित्व गरेका छन् । उनीहरुको व्यक्तिगत परिचय यस्तो छः

श्रीप्रसाद जबेगु: लिम्बुवानका नेता

Shree Prasad Jabeguपाँचथरको याङनाममा ०२७ सालमा जन्मेका जबेगुले स्नातक तहसम्म अध्ययन गरेका छन् । जबेगु माओवादीका अन्य राज्यमन्त्रीहरु भन्दा तुलनात्मकरुपमा परिपक्व नेता हुन् ।

समानुपातिक तर्फका सांसद जबेगु माओवादीका पुराना एवं दु:ख गरेका नेता हुन् । विगतमा उनी डा. बाबुारम भट्टराई समूहमा थिए । तर, नयाँ शक्तिमा नलागी मूलधारमै रहेपछि अहिले उनले राज्यमन्त्री अवसर पाएका छन् ।

विगत ०५६ सालदेखि राजनीतिमा लागेका जबेगुले ७ वर्ष भूमिगत जीवन बिताएका छन् । उनका श्रीमती र दुई छोरा छन् ।

मार्क्सवादको राम्रो अध्ययन गरेका जबेगु लिम्बु समुदायबाट सरकारमा प्रतिनिधित्व गर्ने माओवादी नेता ठहरिएका छन् ।

सत्यनारायण भगतः भोजपुराका नेता

Satya-Narayan-Bhagatरौतहटको माघोपुरमा ०२६ साल असार ५ गते जन्मेका सत्यनायण रौतहट क्षेत्र नं ४ का प्रत्यक्ष निर्वाचित सांसद हुन् । ३ छोरी र दुई छोराका पिता रहेका उर्जा राज्यमन्त्री भगतले एसएलसीसम्म अध्ययन गरेका छन् ।

भगत ०४४ सालदेखि राजनीतिमा लागेका हुन् । उनले १० वर्ष भूमिगत जीवन बिताएका छन् भने ३ वर्ष जेल जीवन भोगेका छन् ।

गीत, कविता र लेखहरु लेख्ने उनलाई माओवादीले भोजपुराबाट प्रभु साहको विकल्पमा अगाडि ल्याएको अनुमान गर्न सकिन्छ ।

धनमाया विश्वकर्मा खनाल

dhana-maya BK Khanalविनाविभागीय राज्यमन्त्री धनमाया बिक धनकुटाको लेगुवामा ०३७ साल पुस ६ गते जन्मिएकी हुन् । कमल खनालसँग विवाह बन्धनमा बाँधिएकी राज्यमन्त्री बिककी एक छोरी छिन् ।

माओवादीको समानुपातिकतर्फकी सभासद बिक ०५६ सालमा माओवादीमा लागेर भूमिगत भएकी थिइन् । उनले एक महिना सेनाको हिरासतमा बिताएकी छन् ।

संसद सचिवालयका उनको शैक्षिक योग्यता प्रमाणपत्र तह (कानून) उल्लेख छ ।

धनमाया शिक्षा राज्यमन्त्री बन्ने तयारी भए पनि शिक्षा मन्त्रालय कांग्रेसले मागेपछि उनले कुनै मन्त्रालयको जिम्मेवारी पाइनन् । तर, उनले शिक्षा र स्वास्थ्यमध्ये कुनै एक मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नेछिन् ।

राधिका तामाङ, नुवाकोटे नेतृ

Radhika-Tamangजनजाति र महिलाको प्रतिनिधित्व गर्दै कृषि राज्यमन्त्री बनेकी राधिका तामाङ नुवाकोट लिखुमा ०४० साल साउन १७ गते जन्मेकी हुन् ।

काठमाडौंको मनमैंजु बस्ने उनका श्रीमान दलबहादुर स्याङ्तान हुन् । उनका एक छोरा छन् ।

प्रमाणपत्र तहसम्म अध्ययन गरेकी राधिकाले ०५५ सालदेखि माओवादीबाट राजनीति थालेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment