Comments Add Comment

दीक्षितको सम्पत्ति छानबिन रोक्न सर्वोच्चको आदेश

Kanakmani३१ साउन, काठमाडौं । सर्वोच्च अदालतले पत्रकार कनकमणि दीक्षितको सम्पत्ति छानबिन कार्य रोक्न भूमिसुधार मन्त्रालयका नाममा अन्तरिम आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले ललितपुर पाटनढोकास्थित रहेको १८ रोपनी जग्गाको छानबिन कार्य रोक्न अन्तरिम आदेश दिएको हो । अाजको अन्नपूर्णमा समाचार छ ।

“अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पत्र लेखिएको स्पष्ट नदेखिएको र आयोगबाट अनुसन्धान टुङ्गी नसकेको अवस्था हुँदा सुविधा र सन्तुलनको दृष्टिबाट निवेदकलाई पुग्नसक्ने सम्भावित क्षतिलाई दृष्टिगत गरी अनुुसन्धानको टुङ्गो नलागेसम्म बयान गराउने, धरपकड गर्ने, थुनामा राख्ने कार्य नगर्नु नगराउनु”, आदेशमा भनिएको छ ।

पत्रकार दीक्षित यही साउन १८ गते आयोगले छानबिन गर्दागर्दै आफ्नो सम्पत्ति छानबिन गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकाा थिए । उक्त जग्गामा विवाद भएपछि त्यसको छानबिन अख्तियारले गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment