Comments Add Comment

तरकारी खेतीप्रति युवा आकर्षण बढ्दै

Ipm_Tarkari kheti
३१ साउन, ललितपुर । पछिल्लो समय तरकारी खेतीप्रति युवा आकर्षण बढ्दै गएको छ । तरकारी खेतीबाट उनीहरुले आफ्नो दैनिकी जीविकोपार्जन राम्रोसँग गर्दै आएको पाइएको छ ।

यसबाहेक परिवारको हेरचाह एवम् आर्थिक अवस्था पनि मजबुत देखिएको छ । खेतीबाट आएको आम्दानीले आफ्नो बालबच्चालाई बोर्डिङ स्कुलमा पढाएर राम्रो शिक्षा दिन पनि उनीहरु सफल भएका छन् । तरकारी खेतीबाटै उनीहरुले समाजमा आफ्नो छुट्टै पहिचान बनाउन समेत सफल भएको पाइएको छ ।

घुसेल गाविस–८ बस्ने गोविन्द गौतमले आफ्नै खेतबारीमा लगाएको तरकारी खेतीबाट आफ्नो छ जनाको परिवार धान्दै आएका छन् । तरकारी खेतीका लागि पाँच रोपनी जग्गा छुट्याएको उनले बताए । उक्त पाँच रोपनी जग्गामा गोलभेँडा, बन्दा, भन्टा, काउली, भुइँस्याउ, किबीलगायतका तरकारी एवम् फलफूल लगाएको उहाँको भनाइ छ । अहिलेको मौसममा गोलभेँडा प्रतिकिलो रु ५० का दरले बिक्री गर्दै आएको उनले बताए।

आफूले खेती गरेको जमिनबाट बर्सेनि बन्दा तथा काउलीबाट समेत राम्रो आम्दानी गर्दै यसबाहेक भुइँस्याउ र किवी पनि लगाइएकोउनको भनाइ छ । खेतीमा लाग्ने सबै खर्च घटाएर वार्षिक आम्दानी रु एक लाख ५० हजार जोगिने गरेको उनको भनाइ रहेको छ ।

यसै गरी बज्रबाराही नगरपालिका–१३ बस्ने शिवराम थापाले तरकारी खेतीबाट आफ्नो सात जनाको परिवारको खर्च टार्दै आएका छन् । खेतीका लागि ११ रोपनी जग्गा भाडामा लिएर काम गरेको उनको भनाइ रहेको छ । भाडामा लिएको जग्गामा काँक्रो, घिराैँला, काउली, गोलभेँडा, तने बोडीलगायतका मौसमअनुसारको तरकारी खेती गरिँदै आएको र वार्षिक रुपमा सबै खर्च घटाएर रु पाँच लाख आम्दानी गर्दै आएको उनले बताए ।

तरकारी खेतीबाट आउने आम्दानीबाट छोरालाई इञ्जिनियर र छोरीलाई कृषिविज्ञ बनाउन लागेको यउनले बताए । बज्रबाराही नगरपालिका–१० बस्ने हरिगोपाल महर्जनको पनि यस्तै कथन रहेको छ ।

यही खेतीबाट सात जनाको परिवारको पालनपोषण गर्दै आएको महर्जनको भनाइ रहेको छ । गोलभेँडा खेतीका लागि मात्र १० रोपनी जग्गा भाडामा लिएर काम गर्दै आएको उनले बताए । वार्षिक सबै खर्च घटाएर रु पाँच लाख आम्दानी हुने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment