३२ साउन, काठमाडौं । एनसेल प्रालि (एनसेल) र आजीयाटा ग्रुपबर्हाद (आजीयाटा) ले एनसेलको रिब्राण्डिङको घोषणा गरेको छ । योसँगै आजीयाटा सम्बद्ध कम्पनीको नयाँ ब्राण्ड लोगो अनावरण भएको छ । एनसेलको ८० प्रतिशत शेयर होल्ड गर्ने विदेशी कम्पनी रेन्होल्डस् होल्डिङ्समा आजीयाटाको एकल लगानी छ ।
एनसेलको नयाँ ब्राण्डमा रुपान्तरणसँगै आजीयाटाको अन्तर्राष्ट्रिय दक्षता तथा एनसेलको उत्कृष्ट गुणस्तर, सुपथ सेवातथा सशक्त स्थानीय धरोहरको बेजोड मेल भएको कम्पनीले जनाएको छ । सँगै आधुनिक प्रविधि, नविनता र डिजिटलाइजेसनलाई अपनाउदै नेटवर्क विस्तार गर्ने र सम्पूर्ण ग्राहकका संचारलाई अझ सुदृढ गर्ने कार्यमा थप अध्ययन केन्दि्रत भएको छ ।
रिब्राण्डिङसँगै कम्पनीको नयाँ अध्याय शुरु भएको छ । आजीयाटा सम्बद्ध कम्पनीको रुपमा एनसेल उत्कृष्ट नेटवर्कको विकासमा दिर्घकालिन रुपमा लगानी गर्दै देशका अतिविकट क्षेत्रमा रहेका नागरिकलाई समेत संचारमार्फत जोड्दै नेपालको विकासमा योगदान पुर्याउन प्रतिवद्ध रहेको कम्पनीले जनाएको छ ।
एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने, “एनसेल एक मोवाईल नेटवर्क प्रदायक मात्र होइन, हामी नेपालको व्यावसायिक नागरीक हौं र हामी राष्ट्रको आकांक्षा बमोजिम सामाजिक आर्थिक समृद्धिका लागि सरकारसँग सहकार्य गर्न प्रतिवद्ध छौं ।”
एनसेलले नेपाली उपभोक्तालाई आपसमा जोड्ने आफ्नो प्रतिबद्धता बमोजिमटुजी/थ्रीजी जीएसएम नेटवर्क विकासका लागि हालसम्म ७४ अर्ब रुपैयाँ लगानी गरेको छ । फोरजी/एलटिई जस्ता आधुनिक प्रविधिले नेपाली उपभोक्तालाई आफनो मोवाईल सेटमै भिडियो स्टि्रमिङ्ग, संगित, गेम्स तथा कारोवार गर्ने जस्ता थप विकसित फिचर तथा एप्लिकेसनको प्रयोग गर्न सम्भव बनाउने कम्पनीले जनाएको छ ।
सन् २०१६ का लागि एनसेलले घोषणा गरेको १२ अर्बको पुँजीगत लगानीबाहेक एनसेलले आफ्ना निष्ठावान ग्राहकका लागि उत्कृष्ट सेवा संचालन सुनिश्चित गर्ने प्रतिवद्धता अन्तर्गत आगामी २ वर्षमा थप ७० अर्ब रुपैयाँ पुजीगत तथा संचालन लगानी गर्ने घोषणा गरेको छ ।
एशियाको प्रमुख दुरसंचार समुहका रुपमा रहेको आजीयाटा दक्षिण एशियामा दिर्घकाल सम्म सेवा प्रदान गर्दै आएको छ । आजीयाटाको श्रीलंका तथा बंगलादेशमा २० भन्दा बढी वर्षको उपस्थिती छ, भने पाकिस्तान तथा भारतमा पनि लगानी रहेको छ ।
“दक्षिण एशियामा रहेको उपस्थितीले गर्दा आजीयाटा एनसेललाई नविन डिजिटल तथा मोवाईल सेवामार्फत अवसरहरुको लाभ लिँदै प्रगतिको अर्को तहमा लैजान प्रभावकारी अवस्थामा रहेको छ । आजीयाटाको एशियालाई अगाडि बढाउने (एडभान्सिङ्ग एशिया) भिजनले उत्कृृट कनेक्टिभिटी, प्रविधितथा कौशललाई समेटेको छ । त्यसैले आजीयाटासँगको यो सम्बन्धले नेपाली समुदाय तथा कर्मचारीको प्रगतिमा थप योगदान पुर्याउनेमा म विश्वस्त छु,” साइमनपर्किन्सले भने ।
नयाँ ब्राण्डको अनावरणसँगै एनसेलले आजदेखि लागुहुने गरी आफ्ना ग्राहकका लागि नयाँ योजना ल्याएको छ, जस अन्तर्गत एनसेलका सम्पूर्ण ग्राहकले अन नेट ५० मिनेटको टक टाइम तथा ५०० एसएमएस निःशुल्क प्राप्त गर्न सक्छन् ।
एनसेलका सबै ग्राहकले एष्ट्रिक्स १७१२१ हृयास डायल गरी यो योजनामा निःशुल्क सहभागी हुन सक्छन् । प्राप्त ५० मिनेट टक टाइम तथा ५०० एसएमएस एनसेलको कुनैपनि अर्को नम्बरमा कल गर्न र एसएमएस पठाउन प्रयोग गर्न सक्छन् । यसरी प्राप्त टक टाइम र एसएमएसको समयावधि एक हप्ताको रहेको छ ।
यो योजनाभदौ १४ गतेसम्म जारी रहने छ र योजना अवधिमा एक पटक मात्र निःशुल्क टक टाइम तथा एसएमएस प्राप्त हुनेछ ।
प्रतिक्रिया 4