Comments Add Comment

काभ्रेमा दुर्घटनाग्रस्त बसको रुट परमिट नै थिएन

Kavre-Bus-Accident-1१ भदौं । काभ्रेको विर्ता देउरालीमा सोमबार दुर्घटनाग्रस्त बसले रूट परमिट नै नलिइ बस सञ्चालन गरेको खुलेको छ ।

यातायात व्यवस्था विभागले सो रूटमा हालसम्म सार्वजनिक यातायात सञ्चालन गर्न परमिट नै जारी नगरेको जनाएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

विभागका निर्देशक बसन्त अधिकारीले दुर्घटनामा परेको बा ३ ख १०३ नम्बरको बसले काठमाडौं-जिरी चल्न रूट परमिट पाएको थियो ।  ‘उक्त सडकमा सार्वजनिक बस चलाउने परमिट नै दिइएको छैन,’ अधिकारीले भने,’ उक्त बसलाई काठमाडौं-जिरी चलाउन परमिट दिइएको थियो ।’ धेरै पहाडी जिल्लामा रूट परमिट बिनै बस चल्दै आएको र ट्राफिक प्रहरीले कारबाही गर्न नसकेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment