निर्माता छविराज ओझाले निर्माण गरेका चलचित्रका गीतसंगीत उत्कृष्ट हुने गर्छन् । छविको चलचित्र चल्नुको पछाडि गीतसंगीतको भूमिका महत्वपूर्ण भएको पाइन्छ ।
उनै छविले छविराज प्रोडक्शनबाट निर्माण गरेको चलचित्र ‘किस्मत २’मा समावेश ‘उनी आकाशबाट झरेकी अप्सरा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।
यो गीतमा उदितनारायण झाको स्वर, अर्जुन पोख्रेलको संगीत, अमृत रेग्मीको शब्द छ । ऋषि लामिछानेले यो चलचित्रको निर्देशन गरेका हुन् । असोज २१ गते फूलपातीको अवसर पारेर चलचित्र रिलिज गर्ने तयारी छविको छ ।
चलचित्रको यो गीतमा मुख्य कलाकार शिल्पा पोख्रेल, किशोर खतिवडा र नव-कलाकार पृथ्विराज शर्मालाई फिचरिङ गरिएको छ । ‘किस्मत’ चलचित्रमा रेखा थापा र आर्यन सिग्देल मुख्य भूमिकामा थिए । त्यसैको सिक्वेलको रुपमा बनेको यो चलचित्रको व्यापारले नायिका शिल्पा पोख्रेलको करिअर कुन तरिकाले अगाडि बढ्छ भन्ने संकेत गर्नेछ ।
रामजी लामिछानेले यो भिडियोको कोरियोग्राफी गरेका हुन् । लोकेशन, पहिरन र नृत्य शैली आकर्षक छ ।
प्रतिक्रिया 4