Comments Add Comment

अजयमाथि करण जोहर टिमको यस्तो आरोप

ajay and karan
एकसाथ चलचित्र जुध्ने भएपछि यतिबेला बलिउडमा दुई निर्माता तथा निर्देशकको आरोप प्रत्यारोप सुरु भएको छ । तिहारको अवसर पारेर अजय देवगणको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘शिवाय’ र करण जोहरको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘ए दिल हे मुश्किल’ रिलिज हुँदैछन् ।

अजयले केही दिन अगाडि मात्र चलचित्रको ट्रेलर सार्वजनिक गरेका थिए । यो चलचित्रको ट्रेलरलाई युटुबमा रुचाइएको छ । यो ट्रेलर सार्वजनिक भएको छोटो समयमै डेढ करोड पटक हेरिएको छ । ट्रेलरले डिजिटल मिडियामा जर्बजस्त प्रतिक्रिया पनि पाएको छ । ट्रेलर हेरेर युटुबमा लाइक गर्नेको संख्या २७ लाख भन्दा बढी छ ।

अहिले बलिउड बजारमा अजय देवगणको यो चलचित्रको ट्रेलरको भ्यू गलत भएको चर्चा सुरु भएको छ । यो वास्तविक आँकडा भन्दा पनि वुष्ट गरेर बढाइएको हो भन्ने चर्चा सुरु भएको छ ।

भारतीय मिडियाका अनुसार यो चर्चा चलाउनमा निर्माता तथा निर्देशक करण जोहरकै टिम लागिपरेको छ । करण अजयको चलचित्रले पाएको प्रतिक्रियाबाट केही डराएका छन् । जसकाकारण, उनको टिमले ‘शिवाय’ले युटुबमा पाएको भ्यू र लाइक फेक भएको चर्चा चलाउन थालेको छ ।

यसले दुई चलचित्रको भिडन्त अझ कडा हुने संकेत गरेको छ । अजय र करणको सम्बन्ध पहिले देखि नै सुमधुर छैन । तर, अजयकी पत्नी काजोल भने करणसँग निकट मानिन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment