+
+
Shares

युरोप स्तरीय रनिङ शिल्ड भलिबलको उपाधि तमु समाज फ्रान्सलाई

बसन्त रानाभाट बसन्त रानाभाट
२०७३ भदौ १ गते १४:४९

Volleyball-Winner

बार्सिलोना । युरोप स्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिताको उपाधि तमु समाज फ्रान्सले जितेको छ। ओस्टन्ड़े ब्रुज बेल्जियमको टोलीलाई फाईनलमा तीन शून्यको सेटमा पराजित गर्दै फ्रान्सको टोलीले ट्रफी उचालेको हो।

गैरआबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमद्वारा लुभेनमा मंगलबार आयोजना गरेको प्रतियोगितामा बेल्जियम, नेदरल्याण्ड, फ्रान्स र लक्जेम्बर्गबाट गरी पाँच वटा टिमले सहभागिता जनाएका थिए।

यस्तै साथी नेपाल लक्जेम्बर्गको टिमलाई पराजित गर्दै एनआरएन नेदरल्याण्डको टिम तेस्रो बनेको छ। ईन्द्रधनुष बेल्जियमको टोली भने यस अघि नै समुह चरणबाट बाहिरिएको थियो ।

प्रतियोगिताको उपधी बिजेताले १५ सय युरो र उपबिजेताले १ हजार युरो पुरस्कार पाएका छन् । कार्यक्रमका प्रमुख अतिथि बेल्जियम स्थित नेपाली दुताबासका कार्यबाहक राजदूत घनाश्याम भण्डारी, बिशेष अतिथि कुमार पन्तले खेलाडीहरुलाई पुरस्कृत गरेका थिए ।

खेलाडीहरुलाई एनआरएनले प्रोत्साहन गर्छ :- उपाध्यक्ष पन्त

गैर आबासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष कुमार पन्तले विदेशमा रहेका प्रतिभावान खेलाडीहरुलाई एनआरएनले सधै प्रोत्साहन गर्ने बताएका छन्। युरोप स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताको बेल्जियममा उद्घाटन गर्दै केन्द्रीय उपाध्यक्ष पन्तले यस्तो बताएका हुन्।

पन्तले भने, “हाम्रो बिडम्बना भन्नु पर्छ, हजारौ युवाहरु आज पनि विदेशिने क्रम बढ्दो छ। प्रतिभावान खेलाडीहरु बिदेशमा छन् तर यसको संयोजन गर्दै उनीहरुलाई प्रोत्साहन गर्न एनआरएन तयार छ।”

उनले भने,” आज बिश्व प्रसिद्द खेलाडी पेलेको कारण ब्राजिलको जर्सी नेपालीका गाउँ गाउँमा छन्, म्यारोडोनाका कारण अर्जेन्टिनाका जर्सी पुगेका छन् ,त्यसैले खेलको महत्व संसारभर धेरै ठुलो छ।”

कार्यक्रममा संघका केन्द्रीय सचिब अर्जुन कुमार श्रेष्ठ, अाइसीसी सदस्य जानकी गुरुङ लगायत बेल्जियमस्थित संघ सस्थाका प्रतिनिधिहरुको ऊपस्थिति थियो । राष्ट्रिय समन्वय परिषद बेल्जियमका अध्यक्ष गंगाधर गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव लोक दाहालले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?