Comments Add Comment

युवकसँग प्रेम गरेको भन्दै बाबुले गरे छोरीको ‘हत्या’

२ भदौ, वीरगञ्ज । पर्साको महादेवपट्टीमा एक व्यक्तिले आफ्नै १४ वर्षीया छोरीको हत्या गरेको बताएका छन् ।

dead-girlमहादेवपट्टी ३ का शिव मुखिया बिनले छोरी प्रभाको हत्या गरेका प्रहरीसमक्ष बताएका हुन् । गाउँका युवकसँग प्रेम सम्वन्ध रहेको भन्दै उनले हत्या गरेको बताइएको छ ।

हत्याको खबर पाएलगत्तै प्रहरीले बिनलाई पक्राउ परेको छ । तर, प्रभाको शव भेटिएको छैन । बिनले प्रहरीसामू हत्या स्वीकार गरेका छन् । र, शवलाई भारतीय सीमा नजिकैको जंगलमा लगेर फालेको बताएका छन् । उनले भनेको क्षेत्रमा प्रहरी टोली परिचालन गरेपनि शव नभेटिएको डीएसपी होविन्द्र बोगटीले बताए ।

घटनापछि परिवारका अन्य सदस्य पनि फरार छन् । प्रहरीले शव नभेटिएसम्म थप केही भन्न नसकिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment