Comments Add Comment

पहिलो पटक बोले रणवीर, भने–‘कट्रिनासँगको ब्रेकअपले मन टुट्यो’

ranbir and katrina kaif
बलिउड नायक रणवीर कपुर र नायिका कट्रिना कैफविचको ब्रेकअपको चर्चा अझै पनि सेलाएको छैन । करिब ६ बर्ष लामो प्रेम सम्बन्धबाट विश्राम लिदै यी दुइले अलग हुने निर्णय गरेका थिए ।
तर, यी दुइले प्रेममा आएको विच्छेदको बिषयमा मिडियामा मुख खोलेका थिएनन् । पहिलो पटक नायक रणवीरले कट्रिनासँगको प्रेमको बिषयमा मुख खोलेका छन् । उनले पूर्व प्रेमिकासँग अलग हुनुको पछाडि धेरै कारण भएको बताएका छन् ।

उनले समाचार, रिपोर्ट, गसिपका साथमा विभिन्न कारणका कारण कट्रिनासँग व्रेकअप भएको बताएका छन् । उनले आफ्ना बाबु आमापछि कट्रिना नै आफ्ना लागि बाटो देखाउने साथी भएको बताएका छन् । तर, अहिले यो कुरा आफूले मिस गरिरहेको उनको भनाई थियो ।

रणवीरले कैफसँग अलग हुँदा आफूलाई गहिरो चोट पुगेको बताएका छन् । जसले गर्दा उनले आफू अत्यन्तै दुखीत भएको समेत सुनाए । प्रेममा अलग भएपछि पहिलो पटक रणवीरले यस बिषयमा मुख खोलेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment