Comments Add Comment

उपप्रधानमन्त्री निधि र भारतीय राष्ट्रपतिबीच आज भेटवार्ता

Bimalendra-Nidhi३ भदौ, काठमाडौं । सरकारको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री विमलेन्द्र निधिले आजबाट उच्चस्तरीय भेटवार्ता गर्दैछन् ।

आज साँझ ६ बजे राष्ट्रपति प्रणव मुखर्जीसँग राष्ट्रपति भवनमा भेटवार्त गर्ने कार्यक्रम तय भएको छ । भेटमा राष्ट्रपति विद्यादेवी भढडारीको निमन्त्रणा हस्तान्तरणसहित दुई छिमेकी देशको सम्बन्धबारे छलफल हुनेछ ।

संविधान जारी भएको दिन ३ असोजमा आयोजना गरिने विशेष कार्यक्रमको प्रमुख अतिथिका रुपमा मुखर्जीलाई निमन्त्रणा गर्न लागिएको जनाइएको छ । उपप्रधानमन्त्री निधिले भारतीय गृहमन्त्री राजनाथ सिंहसँग आजै दिउँसो १ देखि ३ बजेसम्म भेटवर्ता गर्ने तय भएको छ । भेटमा नेपाल भारत सुरक्षा मामिला लगायतका विषयमा छलफल हुनेछ ।

निधिले शनिबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम रहेको छ ।

उपप्रधानमन्त्री निधि बिहीबार साँझ नयाँदिल्ली पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment