Comments Add Comment

चम्चा डुबाउँदा ठाडै हुने अनौठो चियाको रहस्य

teaचिया नेपाली जनजिवनमा निकै सर्वसुलभ पेय । बसिबियाँलो देखि लिएर अतिथि सत्कार सम्मका लागि चियाको खपत निकै हुन्छ हामीकहाँ ।

चिया भन्ने बित्तिकै दुध, चिनी, पानी र चियापत्तीको घोल मिलाएर पकाएको चिज । यो तरल चिजमा चम्चा डुबाउँदा ठाडै अडिने भन्ने हुँदैन र ठाडो गरी हालेको चम्चा कपको बिटतर्फ ढल्किनु स्वभाविकै हो ।

तर भारतको लखनउमा भने यस्तो चिया पाइन्छ जहाँ चियाको कपमा चम्चा डुबाउँदा चम्चा ठाडै उभिन्छ, ढल्दैन ।

लखनउमा यसलाइ खडे चम्मचवाली चाय भनिन्छ । यो निकै चर्चित छ । नाम जस्तै यो काममा पनि उस्तै छ र चियाको कपमा चम्चा डुबाउँदा चम्चा ढल्दैन ठाडै हुन्छ । लखनउको त्यो चिया हैदरावादको इरानी चियाको एक प्रकार हो ।

आखिर चियाको गिलास वा कपमा चम्चा डुबाउँदा कसरी केहीपनि चिजको सहारा बिना चम्चा ठाडै हुन्छ त ? यसबारेमा चिया व्यापारीहरु केहीपनि बताउन चाहँदैनन् ।

तर चियाको गिलास वा कपमा पछि हालिने र नघोलिने चिनीका कारण यसरी चम्चा ठाडो भएको हुनसक्ने अनुमान चिया पिउनेरुले गर्दछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment