Comments Add Comment

सिड्नी पुगे आर्यन

aaryan in austreliya
अभिनेता आर्यन सिग्देल अष्ट्रेलियाको सिड्नी पुगेका छन । शुक्रबार साँझ ८ बजे सिड्नी ओर्लिएका सिग्देललाई स्वागत गर्न सिड्नीको किंग्स फोर्ड स्मित अन्तरराष्टिय एअरपोर्टमा सिड्नीमा रहेका चलचित्रकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो -‘ पहिलोपटक सिड्नी आएको छु । मन नै फूरूगं र उत्साहित भएको छ -‘ आर्यनले भने ।
आर्यन अगष्ट २७ का दिन सिड्नीको टाउन हल स्थित ईभेन्ट सिनेमामा बिशेस शो हुन लागेको चलचित्र क्लासिक लिएर   सिड्नी पुगेका हुन । दिनेश राउतको निर्देशन रहेको यो चलचित्र आर्यनले सुबास गिरीसंग मिलेर बनाएका हुन ।
यतिबेला नेपाली चलचित्रको बजारमा राम्रो छाप बनाएका नायक आर्यन सिग्देललाई अष्ट्रेलियावासी नेपालीहरूकै मागका कारण उनि र उनको चलचित्रलाई अष्ट्रेलिया ल्याईएको जानकारी ईपि माईग्रेसनका खिलेन्द्र तिम्सिनाले दिए । चलचित्रको ब्यबस्थापन गरेको अल्प ईन्टरटेनमेन्टका मनोज अधिकारीले चलेका नायकलाई आफ्नै आँखा अगाडि हेर्ने अष्ट्रेलियावासी नेपालीहरूको  ईच्छा पूरा भएको कुरा बताए ।

पहिलो पटक सिड्नी ओर्लिएका आर्यनले चलचित्र क्लासिकले अष्ट्रेलियाबासी नेपालीहरूको मन जित्ने दाबी गरेका छन भने काठमान्डौ अष्ट्रेलिया सोसाईटीका प्रजापति सिवाकोटी र रोशन भट्टराईले चलचित्र क्लासिकको अन्य शहरहरूमा पनि माग बढेको जानकारी दिएका छन । उनिहरूले अष्ट्रेलियाबासी नेपाली दर्शकहरूको माग अनुरूप चलचित्रको शो थप्दै जाने कुरा  समेत  बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment