Comments Add Comment

१७ महिनादेखि गर्भवती छिन् यी महिला, किन जन्मिएको छैन बच्चा ?

pregnentमानिसको गर्भावस्था भनेको अधिकतम ९ महिनाकेा हुन्छ । तर चीनमा एक महिला भने १७ महिनादेखि गर्भवती छिन् ।

पत्याउनै गाह्रो पर्ने यो घटना चीनको हुनान प्रान्तको हो । हुनानकी वांग शी नामकी महिला सन् २०१५ को फेब्रुअरीमा गर्भवती भएकी हुन् । उनको गर्भमा रहेको भ्रुण बस्ने साल अर्थात् प्लासेन्टा राम्रोसँग विकशित नभएको हुँदा डाक्टरहरुले सुत्केरी गराउन नमानेको उनको दाबी छ । तर अब छिटै उनी आमा बन्नेवाला छिन् ।

वांगका अनुसार उनको डेलिभरी डेट सन् २०१५ को नोभेम्बरमा थियो । तर जब उनी डेलिभरीका लागि डाक्टरकोमा गइन् तब उनको प्लासेन्टा राम्रोसँग विकास नभएको भनी शल्यक्रिया गर्न डाक्टरले मानेनन् । १४ महिनासम्म पनि डाक्टरहरुले यस्तै भने ।

डाक्टरलाई पर्खिँदा पर्खिँदै गर्भको बच्चा झण्डै डेढ वर्षको हुन थालेपछि भने वांग अब आफै बच्चा जन्माउने तरखरमा छिन्, शल्यक्रिया नगरीकनै ।

वांगले आफु १७ महिनाकी गर्भवती भएको बताएपछि कतिपय डाक्टरहरुले भने यस्तो हुनै नसक्ने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment