Comments Add Comment

एक साताभित्र बायोग्यास यन्त्र ल्याइने

fohorbata-bijuli४ भदौ, काठमाडौं। एक साताभित्र बायोग्यास निकाल्ने यन्त्र काठमाडौँ आइपुग्ने भएको छ । जैविक फोहरको उचित व्यवस्थापन गर्र्न बायोग्यास निकाल्ने तयारीस्वरुप अहिले यन्त्त वीरगन्ज आइपुगिसकेको र एक साताभित्र काठमाडौँ आइसक्ने काठमाडौँ महानगरपालिका, वातावरण व्यवस्थापन महाशाखा प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार यन्त्र आएसँगै ग्यास उत्पादनको काम सुरु हुन्छ । कामपाका वडा नं २१, १२, १९ र २० मा सङ्कलन गरी छुट्याइएको कुहिने र नकुहिने फोहरबाट दैनिक ३०० टन फोहर प्रयोग गरी १४ किलोवाट बायोग्यास निकाल्ने तयारी महानगरको छ ।

बायोग्यास प्लान्ट राख्न युरोपेली सङ्घकोे ८० र कामपाको २० प्रतिशत लगानी गर्ने सम्झौता भएको बताइएको छ । सो पहिलोे नमुना परियोजना हो । टेकुमा राख्न लागिएको सो योजना सफल भएमा अन्य स्थानमा पनि विस्तार गरिने कामपाले जनाएको छ ।

फोहरको उचित व्यवस्थापनसँगै सहरलाई फोहरबाट मुक्त गर्न लागिएको छ । दिगो रूपमा फोहरमैला व्यवस्थापनका लागि विभिन्न किसिमको अध्ययन पनि भइरहेको कामपाले जनाएको छ ।

कामपामा कुहिने र नकुहिने गरी दैनिक ४५० टन फोहर उत्पादन हुने गरेको ६३ प्रतिशत जैविक हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment