Comments Add Comment

पत्रकारको सुरक्षाका लागि सरकारले प्याकेजमै नयाँ कार्यक्रम ल्याउँछः सञ्चार सचिव

dinesh-kumar-thapaliya

५ भदौ, काठमाडौं,। सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले सञ्चारकर्मीहरुको सुरक्षा तथा संरक्षणको प्रत्याभुति हुनेगरी सरकारले छिट्टै निर्देशिका ल्याउने बताएका छन् ।

आइतबार रिपोर्टर्स क्लबमा आयोजिक ‘पत्रकारहरुको सुरक्षा, चूनौति र समाधानका उपायहरु’ विषयक अन्तर्क्रियामा बोल्दै सचिव थपलियाले भने, ‘संविधानले नै पत्रकारहरुको सुरक्षाको प्रत्याभुति गरेको छ, त्यसलाई कार्यान्वयन गर्न सरकारले छिट्टै नयाँ निर्देशिका वा नीति ल्याउँदैछ ।’

उनले उक्त निर्देशिकामा पाँच किसिमिका सुरक्षाका विषयहरु समेटिने जनाए । उनका अनुसार ती सुरक्षाका विषयहरुमा पत्रकारको सेवा सुरक्षा, कार्यगत सुरक्षा, सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा र व्यक्तिगत सुरक्षा रहनेछन् ।

सचिव थपलियाले संविधानले नै सुरक्षित पत्रकारिताको सुनिश्चितता गरेको उल्लेख गर्दै सरकारले सुरक्षा निकाय, स्थानीय प्रशासन र सरोकारवालाहरुसँग छलफल गरेर छुट्टै समिति बनाएर अघि बढ्ने स्पष्ट पारे । उनले थपे, ‘यसको लागि हामी विशेष किसिमको कार्यविधि बनाएर अघि बढ्छौं ।’

मन्त्रालयले स्थलगत रिपोर्टिङमा जाने पत्रकारहरुको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षा निकाय, गृहमन्त्रालय, सञ्चार मन्त्रालय, पत्ररकार र सम्बन्धित निकायवीच समन्वय गर्दै विशेष तालिमको व्यवस्था गर्ने सचिव थपलियाले जनाए ।

reporters-club

गृहमन्त्रालयका प्रवक्ता यादव प्रसाद कोइरालाले फिल्डमा खटिने पत्रकारहरुलाई सुरक्षामा खटिने अधिकारीहरुले नियतवश दुव्र्यवहार नगरेको स्पष्ट पारेका छन् ।

सशस्त्र प्रहरी बलका प्रवक्ता अतिरिक्त महानिरिक्षक शैलेन्द्र खनालले अहिले समस्या र विवाद समाधान गर्नको लागि पत्रकार र प्रहरीवीच आरोप प्रत्यारोप गर्नुभन्दा एक अर्कावीच सहयोग र सहकार्य आवश्यक रहेको औंल्याए ।

नेपाल प्रहरीका प्रवक्ता नायव महानिरिक्षक माधव जोशीले फिल्डमा खटिएका पत्रकारहरुमाथि प्रहरीबाट दुव्र्यवहार भएको ठहरिए तत्काल छानविन गरी त्यसलाई कारवाही गर्ने स्पष्ट पारे । उनले अघि थपे, ‘गल्ती भएको छ भने त्यसलाई स्विकार्नुपर्छ, अनिमात्रै सुधार हुन्छ ।’

mahendra-bista

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले राष्ट्रिय सुरक्षा र संवेदनशीलताको बहाना बनाएर पत्रकारमाथि आक्रमण गर्न नपाइने बताए ।

विष्टले भने, ‘पत्रकारहरुको पेशागत हकहित र सुरक्षाको बारेमा संविधानमा नै स्पष्ट व्यवस्था गरिएको छ, पत्रकारहरुमाथि गरिने सबै खाले ज्यादती र दुव्र्यवहार तत्काल बन्द गरिनुपर्छ, यदि घट्ना हुन्छ भने दोषीमाथि कडा कारवाही गरिनुपर्छ ।’ अध्यक्ष विष्टले रिपोर्टिङमा खटिने पत्रकारहरुको लागि मिडिया हाउसले नै क्यामेरा लगायतका अन्य आवश्यक सामानहरु व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

उनले महासंघले नेविसंघ महाधिवेशनबारे समाचार संकलनको क्रममा प्रहरीको आक्रमणबाट क्षति भएको सामाग्रीको उचित क्षतिपूर्ति दिलाउन पहल गर्ने प्रतिबद्धता जनाए । त्यस्तै उनले राजपत्रमा प्रकाशित भए बमोजिम पत्रकारहरुले न्युनतम पारिश्रमिक पाउनै पर्ने नभए आफुहरु संघर्षमा उत्रने चेतावनी दिए ।

Bikash-Karki

फोटोपत्रकार क्लबका अध्यक्ष विकास कार्कीले फोटोपत्रकारहरुको भौतिक सुरक्षा खतरा रहेको उल्लेख गर्दै राज्य पक्षले यसबारेमा गम्भिरता अपनाउनुपर्ने बताए । कार्कील भने, ‘समाचार संकलन गरेकै आधारमा पत्रकारमाथि भौतिक आक्रमण हुन्छ, खासगरी फोटोपत्रकारहरु अहिले असुरक्षित छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment