Comments Add Comment

लखनउमा शिक्षक बन्नका लागि महात्मा गान्धी देखि अमिताभ बच्चनसम्मले हाले दरखास्त

india_studentभारतको उत्तर प्रदेशको राजधानी लखनउका सरकारी स्कुलमा महात्मा गान्धी र अमिताभ बच्चन सहायक शिक्षक बन्न चाहेका छन् ।

यतिमात्र होइन, शिक्षक भर्तीका लागि खुलाइएको आवेदनको मेरिट लिष्टमा महात्मा गान्धी ९४ प्रतिशत अंकका साथ पहिलो स्थानमा रहेका छन् ।

टाइम्स अफ इण्डियाका अनुसार शिक्षा विभागका अधिकारीका अनुसार शिक्षकका लागि आवेदन दिनेहरुमध्ये १५ जनाको नाम यस्तो छ जुन भारतका चर्चित मानिसहरुसँग मिल्दछ । एक जनाको नाम त अमिताभ बच्चन रहेको छ ।

आवेदकहरुको नाम निकै अनौठो पाइएपछि मेरिट लिष्ट निकाल्ने कि ननिकाल्ने भन्ने विषयमा निर्णय गर्न केही समय लाग्यो । तर अन्तिममा मेरिट लिष्ट निकालियो र आवेदकहरुको बारेमा छानविनका लागि एउटा कमिटी पनि गठन गरिएको छ ।

मेरिट लिष्टमा परेका आवेदकहरुमध्ये केहीका नाम सद्दे भएपनि थरमा भने गाली रहेको छ । मेरिट लिष्टको दोश्रो स्थानमा रहेकी महिलाको नाम अरशद छ भने उनको थरमा अशिष्ट शव्दको प्रयोग गरिएको छ ।

यद्यपि पहिलो नम्बरमा परेका महात्मा गान्धी, दोश्रो नम्बरकी महिला तथा अन्य चर्चित नामका आवेदकहरु जबपछि उपस्थित हुन आएनन् तब उनीहरु सबै फर्जी भएको र मेरिट लिष्टमा गडबडी पार्नका लागि छद्म नामबाट निवेदन हालेको ठहर अधिकारीहरुको छ ।

लखनउमा ३३ जना सहायक शिक्षक पदका लागि ८ सय जनाले आवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment