Comments Add Comment

सार्क अर्थमन्त्रीहरुको बैठकमा भाग लिन महरा पाकिस्तान जाने

Krishna bahadur mahara

६ भदौ, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा पाकिस्तान भ्रमणमा जाने भएका छन् । महरा सार्क अर्थमन्त्रीहरुको बैठकमा भाग लिन पाकिस्तान जान लागेका हुन् ।

सार्क अर्थमन्त्रीहरुको बैठक इस्लामावादमा बिहीबार र शुक्रबार हुनेछ । हालैमात्र प्रधानमन्त्रीको विशेष दूत बनेर चीन गएर फर्किएका महरा बुधबार पाकिस्तान जाने उनको निजी सचिवालयले जनाएको छ ।

सार्क अर्थमन्त्रीहरुको बैठकमा भारतीय अर्थमन्त्री अरुण जेट्ली सहभागी हुने-नहुने अन्यौल छ । केही समय पहिलेे भारतीय सञ्चार माध्यमहरुले सार्क अर्थमन्त्रीहरुको बैठकमा नजाने दाबी गरेका थिए ।

तर, विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले बैठकमा सहभागी हुने नहुनेबारे कुनै निर्णय नभएको बताएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment