Comments Add Comment

कनकाई उद्योग वाणिज्य संघविरुद्ध उजुरी

Lila-Chimoriya-and-Sanjay-G

६ भदौ, झापा । कनकाई उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिविरुद्ध जिल्ला प्रशासन कार्यालय झापामा उजुरी परेको छ । नयाँ कार्यसमिति चयन गर्न मतदान भएको २२ दिनपछि पराजित उमेदवारहरुको एक समूहले उजुरी दर्ता गराएको हो ।

उजुरी दर्ता गराउनेहरुमा लीलाप्रसाद चिमरिया, तुलसी विमली, पुण्यप्रसाद ओझा, भरत अधिकारी, गंगाराम गजुरेल -सञ्जय), डिल्ले राई, शिवशंकर महासेठ, मानबहादुर श्रेष्ठ, कविता बस्नेत, शान्ता अधिकारी र छत्र पाण्डे छन् ।

निर्वाचनमा गैर मतदाताहरुले पनि मतदान गरेको उनीहरुको दावी छ ।

‘कनकाई उद्योग वाणिज्य संघको विधानसम्मत नभएका मतदाताहरुले पनि मतदान प्रक्रिया भाग लिए’, उजुरीकर्ता लीला चिमरियाले भने, ‘यसविरुद्ध हामीले तथ्यसहित प्रशासनमा उजुरी हालेका हौं ।’

कनकाई उद्योग वाणिज्य संघको विधानमा भएको उमेदवार सम्बन्धी व्यवस्थामा मतदाता हुनलाई संघको सदस्यता लिइ नियमित रुपमा नविकरण गरेको हुनुपर्ने उल्लेख छ ।

साथै, उमेदवार हुनका लागि अघिल्लो २ आर्थिक वर्षको लगातार संघको सदस्यता नविकरण भएको हुनुपर्ने भनिएको छ । त्यस्तै, स्थायी लेखा नम्बर पान पनि अनिवार्य हुनु पर्ने उल्लेख गरिएको छ ।

तर, उजुरीमा मतदाता नामावलीमा भएका मतदाताहरु मध्ये नियमित कर नतिरेका ७८ जना, आन्तरिक राजस्व कार्यालयमा सूचिकृत नभएका ४३ जना, पान नम्बर अनुसार फर्मको नाम नभएका २५ जना, परिचय पत्र २ थान दिइएका ६ जना, परिचय पत्र नदिइएका ५ जना, फर्म बन्द भएका ११ जना, पान नम्बर एउटै भएका ६ जना र अन्यको पान नम्बरबाट परिचय पत्र दिइएका २ जना गरी १ सय ७६ गैह्रमतदाता रहेको दावी उजुरीमा गरिएको छ ।

यसअघि निर्वाचन सम्पन्न भएपछि त्यसलाई लोकतान्त्रिक प्रक्रिया भएको भन्दै १८ मतको झिनो अन्तरले पराजित चिमरियाले विजयी उमेदवारहरुलाई बधाई दिएका थिए ।

तर, अहिले यो पक्षको असन्तुष्टि सार्वजनिक भएको छ । यस विषयमा सञ्चारकर्मीहरुले जिज्ञासा राख्दा उनले प्रक्रियागत रुपमा जाँदा केही ढिलाइ हुन गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment