+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

जन्मदिनको बिहानै दीपाश्रीलाई किन रुवाए दीपकले ?

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ७ गते १०:२३

deepa shree

आफ्नो जन्मदिनको बिहानै दीपकराज गिरीलाई फोन गरिन् दीपाश्री निरौलाले । दीपकले हाई मात्रै भनेका थिए दीपाश्रीले भनि हालिन् ‘आज जन्मदिनको दिन बिहानै मलाई रुवायौ है’ । खासमा उनलाई रुन वाध्य बनाएको थियो दीपकराजको फेसबुक स्टाटसले । उनले दीपालाई जन्मदिनको शुभकामना दिँदै यस्ताे लेखेका थिए ।

संघर्षका दिनमा तिमिवाट साथ पाँए

लडेर उठ्न खोज्दा तिमै हात पाएँ

दु:ख हजार देउ हे इश्वर । तिमीलाइ मेरो माफि छ

संसारसँग लड्न सक्ने

यो साथि नै काफी छ ।

‘दीपकको स्टाटस पढ्ने बित्तिकै पुराना दिन सम्झेर आँखावाट आशु आयो’ अनलाइनखबरसँग कुरा गर्दै दीपाश्रीले भनिन् । राती १२ बजे नै उनका दिदीका छोराछोरीले उनको लागि केक काटेका थिए । फेसबुकवालमा राती १२ बजेदेखि शुभकामना सन्देश आउन सुरु भएको थियो ।

बिराटनगरमा रहेका उनका ७६ वर्षिय बुबा र मामा, माइजु र आफन्तहरुले बिहानै फोन गरेर शुभकामना दिए ‘अझ राम्रो गर्दै जानु’ भनेर ।deepa and dipak

१० बजे पशुपति बृद्धाश्रममा रहेका बृद्धहरुलाई खाना खुवाउन गएकी दीपालाई गाईजात्रे युनिटले दिउँसो चार बजे केक काटेर स्वागत गर्ने योजना बनाएका छन् । ‘कति वर्षको हुनु भयो हामी त्यति नै पाउण्डको केक ल्याउछौं भन्दै थिए मैले मेरो उमेर बराबरको केक ल्यायौ भने बोक्न सक्दैनौ भनेँ ।’ दिपाले हाँस्दै भनिन् ।

यसपालीको जन्मउत्सब बिगतको भन्दा फरक लागेको छ उनलाई । उनको भनाई अनुसार यो वर्ष उनको जन्मदिन दुईवटा परेको छ । एउटा आफु जन्मेको दिन अर्को आफुले निर्देशन गरेको फिल्म ‘छक्का पञ्जा’ रिलिज हुने दिन ।

उनले निर्देशन गरेको चलचित्र भदौ २४ गते सार्वजनिक प्रदर्शन हुँदैछ । उनलाई जन्मदिनको शुभकामना दिनेहरुले चलचित्रको सफलताको लागि समेत अग्रिम शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?