Comments Add Comment

विश्वभरका स्कुलसम्बन्धी केही रोचक तथ्य

school_studentशिक्षा तथा ज्ञान आर्जन गर्ने थलो अर्थात् हिन्दु धर्मानुसार सरस्वतीको मन्दिर मानिने स्कुल मानिसलाई साँच्चीकै मानिस बनाउने थलो हो ।

संख्यामा गन्ने हो भने विश्वमा करोडौँ स्कुलहरु होलान् र हरेक स्कुलका आ आफ्ना विशेषता होलान् । औपचारिक शिक्षा तथा शिक्षा प्राप्त गर्ने स्कुल सम्बन्धी केही त्यस्ता रोचक तथ्यहरु छन् जो तपाइँलाई थाहा नहुनसक्छ ।

· भारतको लखनउमा रहेको सिटी मन्टेश्वरी स्कुल दुनियामा सबैभन्दा धेरै विद्यार्थीले पढ्ने स्कुल हो । यो स्कुलमा ३२ हजार विद्यार्थी छन् ।

· चीनमा स्कुलमा विद्यार्थीहरुलाई दुनियामै सबैभन्दा धेरै होमवर्क दिइन्छ । हरेक किशोर किशोरी विद्यार्थीले हप्तामा १४ घण्टा त होमवर्कमै बिताउँछन् ।

· चिलीमा वर्षमा ३ महिना गर्मी विदा दिइन्छ ।

· नेदरल्याण्डमा बच्चा ४ वर्षको भएको दिनमा स्कुल पठाउने चलन छ । अर्थात् वर्षभरीनै हरेक त्यहाँका स्कुलमा नयाँ विद्यार्थी भर्ना हुन आइरहन्छन् ।

· इटालीको टूरिनमा विश्वको सबैभन्दा सानो स्कुल छ । उक्त स्कुलमा केवल एकजना मात्र विद्यार्थीले पढि्छन् । ती विद्यार्थीको नाम सोफिया हो । यो स्कुलमा शिक्षक पनि एकजना मात्र छन् ।

· फिनल्याण्डमा सात वर्षका भएपछि मात्र बालबालिका स्कुल जान थाल्दछन् ।

· ब्राजिलमा परिवारसँगै बसेर खाना खानु आम संस्कृति हो । त्यसैले त्यहाँ बिहान ७ बजेदेखि स्कुल सुरु हुन्छ र विद्यार्थीलाई घरमा परिवारसँग लञ्च खानका लागि दिउसो लामो समय विदा दिइन्छ ।

·  इरानमा कलेजमा नपुग्दासम्म छात्रा र छात्रलाई छुट्टाछुट्टै पढाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment