Comments Add Comment

यस्तो इ कमर्श कम्पनी, जसले २ हजार मानिसलाई करोडपति बनाइदियो

e commerceकुनैपनि निजी कम्पनी तथा उद्योगहरुको प्रमुख लक्ष्य भनेको मुनाफा आर्जन गर्नु नै हो ।

कर्मचारीहरुलाई निश्चित तलब भत्ता दिएर उनीहरुमार्फत काम गराई व्यवस्थापनले मुनाफा आर्जन गर्ने प्रयास गर्दछ ।

चाहे अरबौँको मुनाफा कर्मचारीहरुको कामकै कारण किन नहोस्  कर्मचारीहरुलाई निश्चित बोनसको चारो दिने बाहेक केही गर्दैनन् निजी कम्पनीहरु । अझ ग्राहकबाट त पैसा असुलेर बढि भन्दा बढि नाफा कमाउने ध्याउन्न नै हुन्छ । तर चीनमा एउटा यस्तो कम्पनी पनि छ जसले आफ्ना २ हजार मानिसलाई करोडपति बनाइदिएको छ ।

यो चिनियाँ चर्चित इ कमर्स कम्पनीको मातहतमा रहेको एक वेबसाइट ताओबाओ डट कम हो कथा हो ।

अलिबाबा अरबौँ डलर मूल्यको कम्पनी हो । जो सँग जोडिएका २ हजार सर्वसाधारण मानिस समेत करोडपति बनेका छन् । अलिबाबाले सन् २००८ मा ताओबाओ अनलाइन मल सुरु गरेको थियो । यो एउटा यस्तो भर्चुअल मल हो, जसबाट ग्राहकले कुनैपनि सपिंग मलमा किनेजस्तै गरी जुनसुकै चिजपनि खरीद गर्न सक्छन् ।

कम्पनीको यो फर्मूला निकै सफल भयो र तिन वर्षमै कम्पनीको बजार हिस्सा ८ प्रतिशतबाट बढेर ५९ प्रतिशत पुग्यो । ताओबाओको अनलाइन मलको सफलता देखेर अलिबाबाले यसलाई अलग डोमेनमा ल्यायो, जसको नाम टिमल डट कम राख्यो ।

यो इ कमर्स कम्पनी चीनका हरेक घरमा छायो । इ मलको माध्यमबाट ग्राहकसम्म सामान पूराउनका कम्पनीले बिक्रेताहरु ख्टायो । ती बिक्रेताहरुमध्ये कोहीपनि व्यवसायिक बिक्रेता थिएनन् सुरुमा ।
कम्पनीले यसका लागि सुरुमा चीनको हुआझी हिंग गाउँलाई छान्यो ।

उक्त गाउँका मानिसहरु ह्यान्डिक्राफ्टका सामान मनउनमा माहिर थिए । कम्पनीले यी मानिसहरुलाई आफुसँग जोड्यो र उनीहरुले तयार पारेका सामानहरु अरु कारखानामा बेच्नुको साटो आफ्नो टिमल लाई दिन लगायो ।

फ्याक्ट्रीबाट जहाँ यिनीहरुलाई २० प्रतिशतको कमाई हुन्थ्यो भने अलिबाबाले ४० प्रतिशत कमिसन उनीहरुलाई दिन थाल्यो ।

अलिबाबाको यस्तो युनिक भेन्चरले कम्पनीलाई मुनाफा त दिलायो नै गाउँका मानिसहरुको आम्दानी पनि बढ्न थाल्यो । कम्पनीले आफ्नो पाचौँ स्थापना दिवसका अवसरमा आफुसँग जोडिएका सबै २ हजार मानिसका लागि भव्य पार्टी दियो ।

यी सबै मानिसहरुलाई कम्पनीको शेयरधनी पनि बनाइएको छ र सबै करोडपति बनिसकेका छन् अहिले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment