+
+
Shares

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा खुला आकाश सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १२ गते ६:०२

Prachanda(1)१२ भदौ, काठमाडौं । नेपालका निर्माणाधीन विमानस्थल सञ्चालनका लागि अनिवार्य मानिएको खुला आकाश सम्झौता गर्न अन्ततः भारत तयार देखिएको छ ।

प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमणका क्रममा यो सम्झौता गर्ने तयारी भइरहेको संस्कृति पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयले जनाएको आजको कारोबार दैनिकमा समाचार छ ।

भैरवाह विमानस्थल निर्माणले गति लिइरहे पनि यो सम्झौता नहुँदा यसको भविश्य नै अन्योलमा परेको थियो ।

सम्झौता गर्न भारतले आलटाल गर्दै आए पनि पछिल्लो समय सकारातमक देखिएपछि पर्यटन मन्त्रालयले परराष्ट्रमार्फत गत साता भारतलाई पत्र पठाएको छ ।

प्रधानमन्त्री प्रचण्ड भदौ अन्तिम साता नयाँ दिल्ले जाने सहमति भए पनि औपचारिक टुंगो भने लागिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?