Comments Add Comment

कर्मचारी सरुवा अलपत्र, नियमावली संशोधन गर्नुपर्ने

१२ भदौ, काठमाडों । मन्त्रिपरिषद विस्तारमा भएको ढिलाइले कर्मचारीहरुको सरुवाका लागि फेरि नियमावली संशोधन गर्नुपर्ने भएको छ ।

Karmachariयसअघि भदौ पहिलो साता मन्त्रिपरिषदले पूर्णता पाउने अनुमान गर्दै सामान्य प्रशासन मन्त्रालयले भदौं १५ गतेसम्म सरुवा गर्न सकिने गरी नियमावली संशोधनको प्रस्ताव  लोकसेवा आयोगमा पठाएको थियो ।

तर कांग्रेसका १३ जना मन्त्रीले शुक्रबार मात्रै शपथ लिएकाले अब फेरी कर्मचारी सरुवाको समयसीमा केही दिन धकेल्नुपर्ने भएको  आजको अन्नपूर्णमा समाचार छ ।

निजामी सेवा ऐनको नियममावलीअनुसार कर्मचारीहरुको सरुवा प्रत्येक वर्ष साउन मसान्तसम्ममा गरिसक्नुपर्छ ।

तर मध्यसाउनमा सरकार परिवर्तन हुँदा साउन मसान्तमा कर्मचारीहरुको सरुवा हुन नसकेपछि मन्त्रालयले भदौ १५ गतेसम्म सरुवा गर्न पाइने गरी नियमावली संशोधन प्रस्ताव लोकसेवामा पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment