क्वालालम्पुर । मलेसियामा एक नेपालीको सुतेकै अवस्थामा ज्यान गएको छ । तनहुँ दमौली घर भइ केलाङको कापरमा रहेको एक फर्निचर कम्पनीमा कार्यरत लेख वहादुर मगरको शुक्रवार मध्यरात ओछ्यानमै मृत्यु भएको हो ।
विहिवार साँझ ९ वजे सम्म सकुशल काम गरेका मगर साथीभाइसँगै रहेर खाना खाइवरी सुतेका थिए । राति करीव दुई वजेतिर ओछ्यानमा मगरले रोएको जस्तै आवाज निकालेको साथीहरुले वताए ।
‘के भयो भनी हेर्न जाँदा मृत्यु भइसकेको थियो ।’ सँगैकाम गर्नै साथीहरुले अनलाइनखवरसँग भने ।
विवाहित मगरका दुई छोरी छन् । उनी बीस महिना अगाडि मलेसिया आएका थिए । मगरको शवलाई पोसमार्टको लागि स्थानीय अस्पतालमा राखिएको छ ।
होस्टलको अवस्था ठीक नभएको कम्पनीमा कार्यरत नेपालीहरुले गुनासो गरे । उनीहरुले भने, ‘हामीलाई दुईवटा कन्टेनरजस्तोमा भेडावाख्रा जस्तो गरी राखिएको छ । धेरै पटक भन्यौं तर सुनुवाइ भएको छैन ।’
प्रतिक्रिया 4