Comments Add Comment

सरकारले छान्यो साढे ३ लाख गरिब !

चाँडै परिचयपत्र वितरण गरिने

१३ भदौं, काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्रालयले तीन लाख ५६ हजार ४१८ गरिबको पहिचान गरेको छ ।

House-of-Poor-manमन्त्रालयले हिमाल, पहाड, र तराईका २५ जिल्लामा प्रारम्भिक चरणमा गरेको सर्वेक्षणमा गरिबलाई तीन भागमा वर्गीकरण गरिएको छ।

अति गरिबमा ५० प्रतिशत छन्, जो साझँ बिहान के खाने भन्ने समस्यामा छन् ।
गबिमा ३० प्रतिशत त्यस्ता छन्, जो दुख गरी जेनतेन हातमुखसम्म जोर्न सक्ने अवस्थामा छन् ।
त्यस्तैगरी गरिबीको सङ्घारमा २० प्रतिशत जनता टन्, जसको आर्थिक गतिविधिमा ध्यान नदिने हो भने अब छिट्टै गरिब बन्ने अवस्थामा रहेको आजको गोरखापत्र दैनिकमा समाचार छ

मन्त्रालयका अनुसार मानिसको आम्दानीको स्रोत, घरको अवस्था तथा खानपिनको अवस्था, शिक्षा, स्वास्थ्य पहुँचजस्ता विषयलाई आधार बनाएर सर्वेक्षण गरिएको थियो । कर्णालीमा धेरै गरिब भेटिएका छन् ।

केहीका बारेमा उजुरुी परेकाले आगामी असोजसम्ममा गरिने दोस्रो चरणको सर्वेक्षणमा केही संख्या घट्न सक्ने मन्त्रालयका प्रवक्ता सुरेश प्रधानले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment