Comments Add Comment

तराई मधेसमा गर्मी बढ्यो, पानी नपर्दा धानबाली सुक्ने डर

काठमाडौं उपत्यकामा समेत गर्मी महसुस

water-problem-at-Bara

१३ भदौ, काठमाडौं । तराई मधेसमा एक सातायता अध्यधिक गर्मी बढेको छ । पानी पर्न छाडेको र चर्को घाम लाग्न थालेकाले पानीको अभावमा धानवादी सुक्ने डर किसानहरुमा बढेको छ ।

विशेष गरी सप्तरी, सिराहा, सर्लाही, धनुषा लगायतका जिल्लामा पानीको अभावका कारण धानबाली सुक्न थालेका छन् ।  पूर्वी तराईका झापा, मोरङ र सुनसरीमा पनि अत्यधीक गमी बढेको छ ।

अत्यधिक गर्मीका कारण तराई मधेसको जनजीवन अस्तव्यस्त बनेको छ । गर्मीले किसान, सरकारी कर्मचारी, मजदुर, विद्यार्थी लगायतको बिजोग भएको छ । विद्युतको समेत नियमित आपूर्ति नहुँदा गर्मीको प्रभाव अझ बढेको छ ।

झापाबाट गौरव पोखरेलका अनुसार पछिल्लो हप्ता मनसुन निस्क्रिय हुँदा तराईमा अत्यधीक गर्मी बढेको छ । जल तथा मौसम विभागका अनुसार मनसुन सकिन अझै एक महिना बाँकी रहे पनि यो साता मनसुन निस्क्रिय रहेको छ र पानी पर्न छाडेको छ ।

विभागबाट प्राप्त जानकारी अनुसार पछिल्लो एक सातामा झापाको अधिकतम तापक्रम ३९ डिग्रीसेल्सियस पुगेको थियो । पछिल्ला दिनहरुमा झापा जिल्लाको तापक्रम ३५ देखि ४० डिग्री सेल्सियससम्म पुगेको रेकर्ड छ ।

‘यो साता मनसुन निस्क्रिय छ, आकाशमा बादल पनि लागेको छैन’, मौसमविद् समिन श्रेष्ठले भने, ‘अस्थायी रुपमा मनसुन निस्क्रिय भएको हो । तर, केही क्षेत्रमा पानी पर्ने सम्भावना अझै सकिएको छैन ।’ श्रेष्ठका अनुसार केही क्षेत्रमा साता भर मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ ।

तराईमा जस्तै काठमाडौं उपत्यकामा पनि एकाएक गर्मी बढेको छ । दिउँसो भदौरे घाम अत्यधीक चर्किँदा मानिसहरु सडकमा हिँड्नसमेत नसक्ने स्थिति उपत्यकामै महसुस गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment