+
+
Shares

आइएमइ अध्यक्ष ढकालद्धारा एनआरएनलाई लगानी बढाउन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १३ गते १०:४३

chandra dhakal
१३ भदौ, काठमाडौं । आइएमइ समूहका अध्यक्ष चन्द्र ढकाललेगैर आवासिय नेपाली (एनआरएन) लाई नेपालमा थप लथानी गर्न आग्रह गरेका छन् । अमेरिकास्थित न्यू जर्सीमा भइरहेको एनआरएनको नवौं क्षेत्रीय सम्मेलनलाई नेपालको निजी क्षेत्रको तर्फबाट सम्बोधन गर्दै ढकालले यस्तो आग्रह गरेका हुन् ।

‘राजनीतिक स्थायित्वपछि मात्रै नेपालमा लगानी गरौंला भनेर नबस्न आग्रह गर्दै ढकालले भने- ‘सबै राजनीतिक दल र सरकारले देशको आर्थिक विकासमा प्रतिवद्धता जनाइसकेका छन्, त्यसलाई सहयो गर्नका लागि अब तपाईहरुले नेपालमा लगानी बढाउनुपर्छ ।’

नेपाल उद्योग वाणिज्य महासंघको अन्तराष्ट्रिय तथा एनआरएन लगानी प्रवर्द्धन समितिका सभापतिसमेत रहेका ढकालले नेपालको निजी क्षेत्र एनआरएनसँग सहकार्य गरी देशको आर्थिक विकासमा लाग्न तयार भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?