जो सुकै कर्मचारी तथा कामदारको इच्छा हुन्छ की आफ्नो हाकिम मज्जाको होस् । तर एक ब्रा कम्पनीका मज्जाका हाकिमले भने कर्मचारीका लागि अनौठो नियम लागू गरेका छन् । नियमानुसार कम्पनीका कर्मचारीहरुले आफ्नो गर्धनमा कृत्रिम स्तन कप टाँसेर आउनुपर्नेछ ।
यो घटना बेल्जियमको हो । त्यहाँको एक ब्रा कम्पनीका सिइओ इग्नेस भेनका अनुसार कम्पनीहरुले तबसम्म राम्रो ब्रा उत्पादन गर्न सक्दैनन् जबसम्म उनीहरुलाई स्तनको बोझको अनुभुति हुँदैन ।
सोही मान्यता अनुसार कर्मचारीहरु सबैलाई कृत्रिम स्तन दिइएको छ र सबै कर्मचारीहरुले सोही कृत्रिम स्तन पहिरिएर कार्यालयमा आउनुपर्नेछ । शरीरमा स्तन हुनुको अनुभव पुरुषहरुलाई थाहा नहुने भएकाले कृत्रिम स्तन लगाउनु अनिवार्य गरिएको उनको भनाइ छ ।
यसरी ठूला ठूला कृत्रिम स्तन लगाएर आउँदा पुरुष कर्मचारीहरुले आफुलाई फरक अनुभुति भएको बताउन थालेका छन् ।
कतिले कृत्रिम स्तनको बोझका कारढा काँध दुख्न थालेको बताएका छन् भने कतिले पिठ्युँको दुखाइको सिकार बनेको बताएका छन् ।
प्रतिक्रिया 4