Comments Add Comment

सिटीले स्ट्राइकर बोनीलाई लोनमा स्ट्रोक पठायो

Wilfried-Boni

काठमाडौं । म्यान्चेस्टर सिटीले आइभरी कोष्टका आफ्ना फर्वार्ड विल्फ्राइड बोनीलाई लोनमा एक सिजनका लागि अर्को इंग्लिस क्लव स्ट्रोक सिटी पठाएको छ ।

बोनीलाई क्लवमा भित्र्याउनेबारे स्ट्रोकले म्यान्चेस्टर सिटीसागको सम्झौता गरिसकेको छ । बोनीलाई अनुबन्ध गर्न वेष्ट हृयाम युनाइटेडले पनि चासो देखाएको थियो तर उनले स्ट्रोक नै रोजे । मेडिकल परिक्षणको लागि बोनी बुधबार बिहान स्ट्रोक पुगेका छन् ।

प्रशिक्षक मार्क हृयुजेजको क्लव स्ट्रोकसागको अनुबन्धका लागि बोनीले औपचारिक प्रक्रिया पूरा गरिसकेका छन् । उनले पि्रमियर लिग अन्तर्गत बेष्ट ब्रुमबिरुद्धको खेलमा स्ट्रोकबाट डेब्यू गर्ने संभावना छ ।

सिटी छाडेर स्ट्रोक जाने निर्णय पक्कैपनि राम्रो होइन तर जुन सहमति भएको छ त्यसले बोनीलाई सहज भने पक्कै बनाएको छ । उनी सुरुवाती टिममा पर्ने गरी सम्झौता भएको छ । जुन अवसर उनले पेप ग्वार्डिओलाको टोलीबाट पाएका थिएनन् ।

ग्वार्डिओलाले यस सिजनको पााचै खेलमा बोनीलाई मैदानमा उतारेनन् । सिटीले यसपाली सर्जियो एग्युरो र केलेची इहेनाचोलाई अग्रपंक्तिको जिम्मेबारी पाएको छ ।

अघिल्लो सिजन स्वान्सीबाट सिटीमा आवद्ध भएका बोनी सिटीको प्रशिक्षण ग्वार्डिओलाले संहालेसागै सिटीको टिममा पर्न असफल हुादै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment