+
+
Shares

रक्षामन्त्रीले भने- सेनाको संरचना अब परिवर्तन हुन्छ

सलमान खान सलमान खान
२०७३ भदौ १६ गते १३:००

Balkrishna-Khand

१६ भदौ, भैरहवा । रक्षामन्त्री बालकृष्ण खाँडले सेनाको संरचना अब संघीय संरचना अनुसार परिवर्तन हुने बताएका छन् ।

मन्त्री भएपछि गृहजिल्ला रुपन्देही आएका उनले जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्वारा विहीबार आयोजित कार्यक्रममा भने, ‘नेपाली सेना जनताको भावनालाई आत्मसाथ गर्दै जसरी मुलुकको संरचना संघीय लोकतान्त्रिक ढांचामा गइरहेको छ त्यसरी नै हुन्छ ।’

उनले नेपाली सेना नेपाल एकिकरणदेखि अहिलेसम्म राष्ट्रको सार्वभौमसत्ताकालागि अग्र भागमा रहेको तर्क गर्दै सेनाको प्रशंसा गरे ।

नेपाली कांग्रेसका प्रभावशाली नेतासमेत रहेका खाँडले आफ्नो विगतलाई सम्भिँदै आफू नेविसंघ र तरुण दलको अध्यक्ष छँदा कडा स्वभावको भएता पनि अहिले परिवर्तन भएको जनाउ दिँदै सेनाको काम कर्तव्य र अधिकारलाई व्यवस्थीत गर्न कुनै अवरोध नगर्ने पनि संकेत गरे ।

उनले संविधान कार्यान्वयनको लागि सबै दलको साथ र सहयोग आवश्यक रहेको बताए ।

उनले रुपन्देही जिल्लाको विकास बजेट समयमा खर्च नहुँदा फ्रिज भइरहेकोमा चिन्ता व्यक्त गरे । ‘हामीहरु केन्द्रमा लडेर रुपन्देही जिल्लाको विकासका लागि बजेट विनियोजन गराउँछौं तर स्थानीयस्तरमा बजेट अनुसारको काम नहुदाँ वर्षेनी करोडौ रुपैयाँ फ्रिज भइरहेको छ,’ मन्त्री खाँडले घुमाउरो तरिकाले कर्मचारीहरुलाई निर्देशन दिँदै भने, ‘अबदेखि विकास बजेटको राम्ररी सदुपयोग गर्नुस् र जिल्लाको विकास गर्नुस् । जिल्लाको विकास भनेको मुलुकको विकास हो ।’

त्यस्तै उनले राजनीतिक अस्थिरताका कारण विकास निर्माणमा प्रभाव परेको भन्दै विकासका लागि सबै हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?