Comments Add Comment

समी साहित्य पुरस्कार कर्णिकारलाई

काठमाडौं । समी साहित्य प्रतिष्ठानले यस वर्षको समी साहित्य साधना सम्मान वरिष्ठ निबन्धकार घनश्याम राजकर्णिकारलाई दिने निर्णय गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष तथा पूर्वमन्त्री प्रदीप नेपालको अध्यक्षतामा आज यहाँ बसेको बैठकले सो निर्णय गरेको हो । उक्त पुरस्कारको राशि एक लाख १०१ रहेको छ ।

यसैगरी समी युवा प्रोत्साहन पुरस्कार हिमालय उमावि पर्वत खुर्कोटको कक्षा ९ मा अध्ययनरत विज्ञान प्रविधिका प्रतिभा अम पौडेललाई प्रदान गरिने भएको छ । उहाँले पानीबाट चल्ने यन्त्रलगायत सिर्जना गर्नुभएको थियो । सो पुरस्कार २५ हजार राशिको छ ।

प्रतिष्ठानका सचिव श्रीओम श्रेष्ठ रोदनका अनुसार समी सम लैङ्गिक अध्ययन पुरस्कार २०७१ का लागि भुटनीदेवी उमाविका सिर्जना परियार र २०७२ का लागि नवदीप विद्याश्रम उमावि म्हैपीका राज ढुङ्गानालाई प्रदान गरिने छ । उच्च माध्यमिक तहमा लैङ्गिक अध्ययनका सर्वाेत्कृष्ट हुने विद्यार्थीलाई दिइने यो पुरस्कारको राशि २० हजार १०१ रहेको छ ।

हाल साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक एवम् अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसन्सका पूर्वप्रमुख डोलिन्द्रप्रसाद शर्माले २० हजार अक्षय कोष स्थापना गरी ती पुरस्कार स्थापना गरेका थिए । शर्मा अहिले प्रतिष्ठानका संरक्षक छन् ।

पुरस्कार आउँदो असोज ५ गते प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment