Comments Add Comment

विद्युत प्राधिकरणमा विरिष्ठलाई हटाएर कनिष्ठहरुलाई जिम्मेवारी

२० भदौ, काठमाडौं । विद्युत प्राधिकरणका अधिकांश विद्युतगृह, क्षेत्रीय निर्देशनालय, वितरण केन्द्र र आयोजनाहरूमा बरिष्ठहरूलाई हटाएर कनिष्ठलाई जिम्मेवारी दिने प्रवृत्ति बढेको छ ।

nepal electricity authorityदस तहको मेकानिकल दरबन्दी पाएका विद्युतगृहमा अधिकांशलाई ९ तहका कनिष्ठलाई जिम्मेवारी दिएको छ ।

दस तहका मेकानिकल दरबन्दी भएका कालिगण्डकी ए, मध्यमर्स्याङ्दी, कुलेखानी प्रथम, मर्स्याङ्दी विद्युत गृहमा नौ तहकालाई प्रमुख बनाइएको आजको अन्नपूर्णमा समाचार छ ।

योग्यता नपुगे पनि कामुको जिम्मेवारी दिएर कनिष्ठलाई प्रमुख बनाएर वरिष्ठहरूलाई काठमाडौं केन्द्रमा थन्क्याइएको छ ।

प्राधिकरणका एक इन्जिनियरका अनुसार विनियमावलीविपरीत यसरी जिम्मेवारी दिन थालेपछि विद्युतगृहको मर्मतसम्भारमा वेथिति बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment