Comments Add Comment

प्रेमको बदला कपाली तमसुक !

love२० भदौ, काठमाडौं । नसिमा खातुनको हृदयघातका कारण ३९ वर्षको उमेमा मृत्यु भयो ।
१२ भदौमा उनको मृत्युपछि परिवार झन् तनावमा फस्यो ।

उनका छोरा जागिर साफीले अन्तरजातिय बिहे गरेका कारण भएको तनावले उनलाई हृदयघात भएको परिवारको भनाइ छ ।

केटी पइाले जवरजस्ती कपाली तमसुक बनाइ रकम असुलेपछि ऋणमा डुब्दा उनलाई ऋदयघात भएको परिवारको दाबी छ ।

करिब दुई महिनाअघि महोत्तरी सोनमा ४ का जागिर सफी र सोही गाउँकी अर्चनाबीच प्रमेसमबन्ध भयो । प्रेमसम्बन्ध रहेको थाहा पाएपछि अर्चनाका बाबु भरोसी मण्डलले उनको बिहे अर्कै केटासग गरिदिए । तर, अर्चानाको बिहे गर्ने उमेर भएकै थिएन । आजको नयाँ पत्रिकामा समाचार छ ।

विवाहअघि अर्चनाले जागिरलाई पटकपटक भागेर विवाह गर्न दवाव दिइन् । तर जागिरले उनको प्रस्ताव अस्वीकार गरे । विहेको एक महिनापछि अर्चना माइती आएकी थिइन् । एक राति करिब १२ बजे जागिरको घरमै पुगेर भाग्न दबाब दिइन् । दबैजना भागरेर सीमावर्ती भारतको सितामढी हुँदै दिल्ली गए ।

जागिरले छोरी भगाएपछि माइति पक्षले जागिरको घरमा दवाव दिन थाले र उनीहरुले जागिरले अर्चनाको अपहरण गरेको प्रहरीमा उजुरी गरे । त्यसअघि उनीहरुले गाउँमा जागिरका हजुरबुवा सोबरीलाई जवरजस्ती २५ लाख रुपैयाँको कपाली तमसुक गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment