+
+

एनएमबी माइक्रोफाइनान्सको २५प्रतिशत बोनस, साहाराको १५० प्रतिशत हकप्रद

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २० गते १३:३२

bonus-share२० भदौ, काठमाडौं । एनएमबी माइक्रोफाइनान्सले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंक र कम्पनीकै आगामी साधारणसभाले अनुमति दिएपछि मात्रै वितरण गरिने छ ।

त्यसैगरी, सहारा विकास बैंकले डेढ सय प्रतिशत हकप्रद सेयर दिने भएको छ । बैंकले एक सेयर हुनेलाई १.५ को अनुपातमा हकप्रद दिने भएको हो । भदौ २२ गतेसम्म कम्पनीको सेयर किन्ने लगानीकर्ताले मात्रै हकप्रद सेयर पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?