Comments Add Comment

खोटाङमा सवारी दुर्घटना, चार घाइते

२१ भदौ, खोटाङ । खोटाङमा सवारी दुर्घटना हुादा चार जना घाइते भएका छन् । शेर्पा कन्स्ट्रक्सन प्रालिको गाडी आज बिहान दुर्घटनामा परेको हो ।

Jeep-Accidentदिक्तेलबाट सामान लिएर नेर्पातर्फ जाँदै गरेको बा ९ च ७७१८ नम्बरको गाडी आज बिहान दिक्तेलमा दुर्घटनामा परेको हो ।

दिक्तेल नगरपालिका–१ स्थित रत्नपार्कको उकालोमा ब्रेकफेल भएर दुर्घटना हुँदा चालक सूर्य तामाङ, कम्पनीका लेखापाल प्रदीप खड्का, भान्से भीमबहादुर भुजेल र क्रसर अपरेटर खड्गबहादुर आले घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए ।

घाइते सबैको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको छ । उनीहरुको टाउको, हातखुट्टा तथा शरीरको विभिन्न भागमा चोट लागेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।

रत्नपार्कमा यसअघि पनि पटकपटक दुर्घटना हुने गरेको छ । सडकमा हिँडिरहेको कुकुरलाई छलेर गाडी अगाडि बढाउन खोज्दा ब्रेकफेल भएर दुर्घटना भएको चालक तामाङको भनाइ छ ।

पाँचजना यात्रु र कम्पनीको सामान लिएर हिँडेको गाडी सडकबाट करिब २० फिट तल खसेको छ । घाइते सबैको गाडी भित्रैबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । गाडीमा सवार एकजना भने सकुशल भेटिएका छन् । उनी गाडी पल्टिँदा उछिट्टिएर तल झरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment