+
+
Shares

राजनीतिक भागवण्डाले विकास हुन सकेनः नेपाल

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७३ भदौ २२ गते १५:१५

Madhav-kumar-Nepal

२२ भदौ, रौतहट । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनितिक भागवण्डाले देशमा विकासका काम हुन नसकेको बताएका छन् । साथै उनले विकासको मुद्दामा राजनितिक दलहरु पार्टी स्वार्थभन्दा माथि उठेर एक जुट हुनुपर्नेमा जोड दिए ।

जापानको सहयोगमो गंगापिप्रामा निर्माण गरिएको नेपाल जापान मैत्री सामुदायिक भवनको उदघाटन गर्दै नेता नेपालले विकासका लागि सबै दलबीच सहकार्य हुन जरुरी रहेको बताए ।

जापान सरकारको ९७ लाख र जनश्रमदानबाट जुटाइएको झण्डै २४ लाख रुपैयाँ गरी कुल एक करोड २१ लाखको लागतमा निर्माण भएको सामुदायिक भवनको नेता नेपाल र जापानी राजदूत मासासी ओगावाले उदघाटन गरेका छन् ।

नेता नेपालले छिमेकीहरुको सहयोगले नेपालका विभिन्न आयोजनाहरु सम्पन्न भएको स्मरण गर्दै आगामी दिनमा पनि जापानको सहयोगको रौतहटवासीले अपेक्षा गरेको बताए ।

चिनियाँ राष्ट्रपतिको सी जिङपिङको नेपाल भ्रमण स्थगन भएको खबर सुनेको भन्दै उनले यो दुखद भएको बताए । भ्रमणका बारेमा आधिकारिक जानकारी आफूलाई नभएको तर, भ्रमण रद्द हुन नदिन सरकारले पहल गर्नु पर्ने उनले बताए ।

जापानी राजदूत मासासी ओगावाले नेपालमा विकासका प्रचुर सम्भावना रहेको भन्दै त्यसको सदुपायोग गर्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?