Comments Add Comment

‘दशककी अभिनेत्री’को अवार्ड पाउँदा खुशी छैनन् करिश्मा

karisma lg award (4)
बुधबार आयोजना भएको ‘एल जी फिल्म अवार्ड’मा नायिका करिश्मा मानन्धरलाई ‘दशककी अभिनेत्री’को अवार्ड प्रदान गरियो । करिश्मा ९ बर्ष अमेरिका बसेर फर्किएकी नायिका हुन् । जसको कमब्याक नेपाली चलचित्र क्षेत्रमा खासै गतिलो भएन ।

करिश्माले केही फाट्टफुट्ट चलचित्रमा अभिनय गरिन् । आफै चलचित्र पनि निर्माण गरिन् । तर, दुबैमा करिश्मा अपेक्षित सफल हुन सकिनन् । उनै करिश्मा मानन्धर पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले स्थापना गरेको ‘नयाँ शक्ति पार्टी’मा आवद्ध भएपछि बरु चर्चित बनेकी हुन् ।

‘दशककी अभिनेत्री’को अर्थ हुन्छ, त्यस्ती नायिका जसले चलचित्र क्षेत्रमा १० बर्ष यता सर्वाधिक चर्चा र सफलता हासिल गरेको होस् । १० बर्ष यता करिश्माको फिल्मी करिअर सुन्दर छैन । न त, बक्स अफिस न त चलचित्र क्षेत्रका अन्य थुप्रै क्रियालाप नै किन नहोस्, करिश्माको योगदान त्यस्तो संझनलायक पनि छैन । karisma lg award (3)
उनै करिश्मालाई वुधबार पहिलो पटक आयोजना भएको अवार्ड समारोहमा ‘दशककी अभिनेत्री’ भनेर अवार्ड दिनु उचित नभएको टिप्पणी चलचित्रकर्मीहरुले गरिरहेका छन् । नायिका करिश्मा मानन्धरले पनि यो अवार्ड पाउँदा खुशी नभएको शैलीको प्रतिक्रिया दिएकी छिन् । आफ्ना निकटका साथीभाइसँग अवार्ड पाएपछि करिश्माले ‘दशककी अभिनेत्री’को अवार्ड आफूलाई नदिएको भए हुन्थ्यो भन्ने शैलीको कुरा गरेकी थिइन् । उनले आफू ‘दशककी नायिका’ नभएको बताएकी थिइन् ,

यो अवार्डले आफू विवादमा पर्ने कुरा करिश्मालाई पहिले नै थाहा थियो । सायद, यही विवादबाट पहिले नै उम्कन करिश्माले अवार्ड पाएकोमा वेखुशी जनाएकी हुनसक्छ ।

‘सन्तान’ चलचित्रबाट नेपाली रजतपटमा डेब्यू गरेपछि करिश्माले उचाई, सफलता, नाम सबै पाएकी हुन् । तर, १० बर्ष यता करिश्माको चलचित्र क्षेत्रमा उपस्थिती लोभलाग्दो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment