Comments Add Comment

चीनको राष्ट्रिय ध्वजावाहकको सूचनाबारे अन्तर्राष्ट्रिय विवाद

भारतीय, पाकिस्तानी र 'काला मान्छे' सँग सतर्क हुन सुझाव !

Air-China

२३ भदौ, काठमाडौं । चीनको राष्ट्रिय ध्वजावाहक एयर चाइनाले आफ्नो म्यागेजिनमा भारतीय, पाकिस्तानी र कालो वर्णका मान्छेहरुबाट जोगिन पर्यटकहरुलाई सूचित गरेको विषय विवादमा परेको छ ।

एयर चाइनाले आफ्ना विमान यात्रीहरुको सुरक्षाका लागि जारी गरेको सुझावमा ‘भारतीय, पाकिस्तानी र काला मान्छेहरु’ को बाहुल्य भएका ठाउँमा प्रवेश गर्दा सावधानी अपनाउन सूचित गरेको छ ।

लण्डन उडान भर्ने यात्रुहरुलाई दिइएको सल्लाह उल्लेख गरिएको म्यागेजिनमा एयर चाइनाले लण्डन सामान्यतः सुरक्षित शहर भए पनि भारतीय, पाकिस्तानी र काला मान्छे बसोबास गर्ने एरियामा जानुअघि सावधानी अपनाउन सुचित गरेको छ ।

सो सूचनामा पर्यटकहरुलाई रात-बिरात एक्लै ती ठाउँहरुमा भ्रमण नगर्न र विशेष गरी महिलाहरुले कुनै साथी लिएरमात्रै यात्रा गर्न सुझाव दिइएको छ । अंग्रेजी र चीनको मण्डारियन भाषामा लेखिएको यो सुझावलाई लिएर बेलायतमा विवाद भएको छ ।

यसलाई लण्डनका केही समाचारमाध्यमले नश्लवादी आँधी भनेका छन् । केही बेलायती राजनीतिज्ञहरुले पनि एयर चाइनाले माफी माग्नुपर्ने र यस्तो वाक्य म्योजिनबाट हटाउनुपर्ने बताएका छन् । अमेरिकी पत्रिका दि वाशिंटन पोष्टले पनि पनि यसबारे समाचार लेखेको छ ।

बेलायतमा भारतीय र पाकिस्तानीहरुको बाहुल्य रहेको निर्वाचन क्षेत्रबाट जितेका सांसद रोजेना अलि खानले एयर चाइनाको यो सुझाव सम्पूर्ण लण्डनबासीमाथिको आक्रमण हो भनेका छन् ।

यो सूचना यस्तो संयोगका बेला जारी भएको छ कि लण्डनको मेयरमा पाकिस्तानी मूलका शादिक खानले जितेका छन् । उनले दुई महिनाअघिमात्रै दक्षिणी लण्डनको भारतीय पाकिस्तानी बसोबास रहेको क्षेत्रका रुचीकर ठाउँ र खाने पिउने वस्तुहरुका बारेमा निरन्तर ब्लग लेखिरहेका छन् ।

लण्डन भ्रमण गर्ने विश्वका पर्यटकहरुमध्ये चिनियाँहरु अग्रपंक्तिमा छन् । बेलायत भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या सन् २०१६ मा ४६ प्रतिशतले बढेर दुई लाख ७० हजार पुगेको सीएनबिसीमा चिनिया मूलकी पत्रकार हृयाज फानले लेखेकी छन् ।

चिनियाँ पर्यटकबाट बेलायतले सन् २०१५ मा ६८६ मिलियन पाउन्ड अर्थात करीव ८० अर्ब रुपैयाँ आर्जन गरेको छ । बेलायतले गत जनवरीमा मात्र चिनियाँ पर्यटकको संख्या अझ बढाउन २ वर्षे मल्टिपल भिसा दिने नीति बनाएको थियो ।

यसअघि पनि चिनिया वासिङ मेसिन कम्पनीले आफ्नो विज्ञापनमा कालो मान्छेलाई वासिङ मेसिनमा छिराएर डिटरजिन पाउडरले धोएपछि गोरो भएको दृश्य देखाउँदा विवाद भएपछि माफी मागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment