+
+
Shares

अमिताभले भने-‘दीपिका भन्दा म कम महत्वपूर्ण’

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २४ गते ४:१०

Amitabh Bachchan and Deepika Padukone promote Aarakshan on the sets of UTV Bindaas

बलिउडका चर्चित नायक अमिताभ बच्चन अहिले चलचित्र ‘पींक’को प्रमोशनमा व्यस्त छन् । उनले चलचित्र प्रमोशनका क्रममा एउटा खुलासा गरेका छन्, जसले उनका फ्यानलाई पनि अचम्ममा पार्न सक्छ ।

चलचित्र ‘पीकु’मा नायिका दीपिका पादुकोणसँग पर्दा शेयर गरेका थिए अमिताभले । उनै अमिताभले यो चलचित्रमा दीपिकाको भन्दा आफूले कम पारिश्रमिक लिएको खुलासा गरेका छन् । अमिताभले भनेका छन्-‘दीपिकाले चलचित्रमा मेरो भन्दा धेरै पारिश्रमिक लिएकी छिन् ।

यसले के स्पष्ट हुन्छ भने उनी म भन्दा महत्वपूर्ण छिन् । दोश्रो कुरा मैले लामो समयदेखि काम गर्दा मेरो आफ्नो पारिश्रमिक रेट गुमाएको छु । सायद, म त्यती धेरै महत्वपूर्ण छैन होला ।’

बलिउडमा महिलाहरुले प्राप्त गरेको उचाइको प्रशंसा गर्दै अमिताभले नायक साहरुख खानको प्रशंसा गरे । साहरुखले चलचित्रमा नायिकाको नाम आफ्नो भन्दा अगाडि राख्नु निकै महत्वपूर्ण कुरा भएको अमिताभको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?