+
+

वीर अस्पताल बन्ने नाममा जग्गाको मूल्यवृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २६ गते ६:४६

Ploting२६ भदौ, काठमाडौं । काठमाडौंस्थित देशकै पुरानो एवं ठूलो वीर अस्पताल विस्तार हुने नाममा भक्तपुरको दुवाकोटमा दलाल तथा भूमाफियाले जग्गाको कृत्रिम मूल्यबृद्धि गरेका छन् ।

अस्पताल विस्तार हुने साविक दुवाकोट गाविस ५ र ६ तथा चाँगु गाविस ९ मा जग्गाको कृत्रिम मूल्यबृद्धि गरिएको हो ।

हाल चाँगुनारायण नपा १४ र ११ मा पर्ने उक्त क्षेत्रमा जग्गा दलाल तथा भूमाफियाले सरकारी मूल्यभन्दा चार गुणसम्म बढी मूल्य बढाएका आजको अन्नपूर्णमा समाचार छ ।

जग्गा दलाल र भूमाफियाले कृक्रिम तरिकाले जग्गाको मूल्य बढाउँदा पनि यहाँ अहिले दैनिक जगा हेर्न आउने घुईँचो लाग्न छाडेको छन ।

चाँगु नपा १४ का उद्धव खड्काले पहिले मोटर बाटो भएको जग्गाको प्रतिआना पाँच छ लाख पर्नेमा जग्गा दलाल तथा भूमाफियाले कृक्रिम मूल्य बढाएर प्रतिआना १२ देखि १४ लाख पुर्‍याएको बताए ।

जग्गा दलाल र भूमाफियाका कारण दुवाकोटमा वीर अस्पताल विस्तार रोकिने हो कि भन्ने स्थानीयमा चिन्ता बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?