Comments Add Comment

महिला संघमा देउवाको उम्मेदवार को ?

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेससम्वद्ध महिला संघको महाधिवेशन भोलिबाट भृकुटीमण्डपमा सुरु हुँदैछ । तर, संस्थापन पक्षले अहिलेसम्म अध्यक्षको उम्मेदवार घोषणा गर्न सकेको छैन ।

Nepal_Mahila_Sanghमहिला संघको महाधिवेशनको भोलि कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।

अध्यक्षमा रामचन्द्र पौडेल समूहले मीना पाण्डेको नाम अघि सारेको छ । तर, पार्टी सभापति शेरबहादुर देउवा समूहले भने अझैसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन ।

चित्रलेखा अयोग्य ?

देउवा समूहबाट अध्यक्षको उम्मेदवारका तीन दावेदार छन् । जसमा कांग्रेस कोषाध्यक्षमा पराजित चित्रलेखा यादव पनि छिन् । तर, उनलाई उम्मेदवार बन्न समस्या परेको छ ।

महिला संघको विधानअनुसार अध्यक्ष बन्न कम्तिमा १० वर्ष क्रियाशिल सदस्य हुनु पर्ने प्रावधान छ । र, महिला संघमा क्रियाशिल सदस्यता सुरु गरेको ०५८ सालदेखि हो । यादव भने त्यसअघि नै महिला संघमा थिइन् र पछिल्लो समय पार्टीमा क्रियाशिल छिन् ।

देउवा समूहका एक नेताले भने, ‘अध्यक्षमा उहाँको पनि दावेदार छ । तर, प्राविधिक समस्या देखिएको छ ।’

यादव बाहेक उमा अधिकारी रेग्मी र मञ्जु खाँडको पनि अध्यक्षमा दावेदारी छ । नेताहरुका अनुसार चित्रलेखाको विकल्पमा उमा अध्यक्षको उम्मेदवार बन्ने सम्भावना छ ।

कृष्ण सिटौला समूहसँग संयुक्त प्यानल

संस्थापन समूहले महिला संघमा पनि नेविसंघमै जस्तै कृष्ण सिटौला समूहसँग प्यानल बनाउने प्रयास थालेको छ ।

सिटौला समूहले धना खतिवडालाई अघि सारेको छ । छुट्टै उम्मेदवारी दिँदा उनी अध्यक्षमा लड्नेछिन् भने देउवा समूहसँग प्यानल बनाएमा उनी महासचिवको उम्मेदवार बन्नेछिन् ।

सिटौला समूहले ३० प्रतिशत भोट आफूसँग रहेको दाबी गरेको छ । तर, संस्थापन पक्षका केहीले भने यो समूहले रामचन्द्र समूहको भोट काट्ने भन्दै संयुक्त प्यानल बनाउन नहुने तर्क गरेका छन् । उसो त सिटौला समूहमा पनि महिला संघमा देउवा नभई रामचन्द्र पौडेल समूहसँग मोर्चाबन्दी गर्नु पर्ने आवाज पनि उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment