Comments Add Comment

महिला संघमा रामचन्द्र पौडेल पक्षबाट मिना पाण्डे अध्यक्षको उम्मेदवार

Mina-Pandey
मिना पाण्डे (दायाँबाट दोस्रो)

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेस सम्बद्ध महिला संघको महाधिवेशनमा रामचन्द्र पौडेल पक्षले अध्यक्षको उम्मेदवार घोषणा गरेको छ । पौडेल पक्षले अध्यक्षको उम्मेदवारमा मिना पाण्डेलाई अघि सारेको हो ।

मंगलबार राजधानीमा आयोजित घोषणा सभामा उम्मेदवारहरु घोषणा गरिएको हो ।

अरु उम्मेदवारहरु भने पछि घोषणा गरिने पौडेल पक्षले जनाएको छ ।

महिलासँगको पदाधिकारीमा अध्यक्ष, महामन्त्री र कोषाध्यक्ष निर्वाचनबाट चुनिन्छन् ।

देउवा पक्षले भने अझै उम्मेदवार टुंगो लगाएको छैन ।

यो पनि पढ्नुस्

महिला संघमा देउवाको उम्मेदवार को ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment