Comments Add Comment

चर्चाका लागि आफ्नो हट भिडियो आफै सार्वजनिक गरेको पूनमको खुलासा

Hot Model Poonam Pandey Unseen Hot Photos

लामो समयदेखि चर्चा विहिन बनेकी मोडल तथा नायिका पूनम पाण्डे एक भिडियोका कारण चर्चामा आएकी छिन् । पूनम पाण्डे अभिनित छोटो चलचित्र ‘द विकेन्ड’को केही अन्तरंग दृश्य इन्टरनेटमा लीक भएको छ । सोही भिडियोका कारण अहिले पूनम मिडियामा छाएकी छिन् । चलचित्रको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा पूनमले यो भिडियो आफूले चर्चामा आउनका लागि नै सार्वजनिक गरेको बताइन् ।

पूनमले भनिन्-‘म कुनै कपुर खानदानबाट आएकी होइन । यसैले कन्ट्रोवर्सीको छोटो बाटो रोजेकी हुँ ।’ पूनमलाई लाग्छ कि मिडियाले उनलाई छोटो कपडा र विवादित बयानका कारण चर्चामा ल्याइदिएको छ । उनले आफूले गरेको कामलाई सही पनि बताएकी छिन् ।

आफू यो स्थानमा आफ्नै बलले पुगेको भन्दै यी हट सुन्दरीले चर्चा पाउनका लागि नै विभिन्न हर्कत गरेको बताइन् । पूनमले अगाडि भनिन्-‘विश्वकपमा नांगिनेदेखि आजसम्म जती पनि कन्ट्रोवर्सी मैले गरेको छु, त्यो सोचेरै गरेकी हुँ । मानिस मलाई यस्तो हर्कत किन गर्छौ भनेर सोध्छन् । यो मेरो मर्जीको कुरा हो ।’ पूनमले आफ्नो नयाँ छोटो चलचित्र कुनै पोर्न मुभी नभएको पनि बताइन् । तर, आफू भएपछि केही हट भने हुने उनको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment