Comments Add Comment

नेपाल र भारतबीच तीन सम्झौता, बुद्धिस्ट सर्किट बनाउने मोदीको प्रस्ताव

पुनर्निर्माण सहयोग बढाउन भारत सकारात्मक

Prachanda-and-modi-pressmeet

३१ भदौ, नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा दुई देशबीच तीन सम्झौता भएको छ । र, भूकम्पपछिको पुनर्निर्माणमा सहयोग बढाउन प्रचण्डले राखेको प्रस्तावलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीकार गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच शुक्रबार हैदराबाद हाउसमा ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो । वार्तापछि दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा तीन समझदारी आदान प्रदानका साथै संयुक्त पत्रकार सम्मेलन भएको छ ।

के-के हुन् तीन सम्झौता

पहिलोः नेपाल र भारतबीच भएको पहिलो सम्झौता हुलाकी राजमार्ग निर्माणबारे छ । तराई मधेसको लाइफ लाइन मानिएको यो राजमार्ग लामो समयदेखि भारतले होल्ड गर्दै आएको छ ।

Nepal-india-Agriment

सम्झौताको पहिलो बुँदामा ‘तराईका सडकको स्तरोन्नतिका लागि परियोजना व्यवस्थापन परामर्श सेवाका लागि समझदारी भएको’ उल्लेख छ  । साथै दुई देशबीच यसलाई नयाँ मोडालिटीबाट अघि बढाउने समझदारी भएको छ । भारतीय विदेश सचिव एस जयशंकरका अनुसार पहिलो फेजको कामलाई तीव्र रुपमा अघि बढाउने समझदारी भएको छ ।

दोस्रोः भारतको पूर्वप्रतिवद्धता अनुसारको ७५० मिलियन डलर सहुलियतपूर्ण ऋणको सम्झौता भएको छ । भूकम्पपछि काठमाडौंमा भएको दाता सम्मेलनमा भारतले १ हजार मिलियन डलर दिने घोषणा गरेको थियो । जसमध्ये अनुदान २५० मिलियनको सम्झौता यसअघि नै भइसक्यो । शुक्रबार सहुलियतपूर्ण ऋणको सम्झौता भएको छ ।

तेस्रोः यो समझदारी नयाँ अनुदान तथा ऋण सहयोगबारे छ । दुबै पक्ष नयाँ अनुदान तथा ऋण सहयोगका लागि सहमत भएको भारतीय विदेश सचिव एस जयशंकरले बताए । उनका अनुसार यो पावर ट्रान्समिसन लाइन, कास्कीको ढिकुरपोखरीमा पोलिटेक्निक इन्स्टिच्युट स्थापना, हुलाकी मार्गको दोस्रो फेज लगायतका लागि हुनेछ ।

साथै नेपालले भारतीय प्रधानमन्त्रीका नेपाल भ्रमणका बेला घोषणाा भएको १००० मिलियन डलर सहुलियतपूर्ण ऋण मध्ये ५५० मात्र लिने प्रस्ताव गरेको छ ।

पुनर्निर्माणमा थप सहयोग

भारतीय प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले भूकम्पपछिको पुनर्निर्माणमा थप सहयोगका लागि आग्रह गरेका छन् । यसलाई मोदीले सकारात्मक रुपमा लिएको जयशंकरले बताए ।

भारतले यसअघि दिएको सहयोग ५० हजार घर निर्माणका २ लाखका दरले लागि थियो । अब यो दुई लाखलाई बढाएर ३ लाख पुर्‍याउन भारत सकारात्मक रहेको विदेश सचिवले बताए ।

बुद्धिस्ट सर्किट मिलेर बनाउने प्रस्ताव

[sam_list]  भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डसामू भारतले बुद्धिस्ट सर्किट बनाउने प्रस्ताव गरेको छ । योसहित पाँच रेल मार्गबारे दुई देशका प्रधानमन्त्रीबीच छलफल भएको छ ।

भारतीय राजदूत रणजीत रायका अनुसार काम जयनगर-जनकपुर-बर्दिबास र जोगबनी-विरानगरको काम सुरु भइसकेको छ । यद्यपि यसमा पनि तर, जग्गा अधिग्रहण, हाइभोल्टेज लाइन लगायतका समस्या छ । दुई देशबीच शुक्रबार भएको साझदारी अनुसार बन्ने संयुक्त संयन्त्रले यसको समाधान खोज्ने दुबै पक्षको विश्वास छ ।

यसमा कविलवस्तु-कुशिनगरमा बुद्धिस्ट सर्किट बनाउने छ । शुक्रबार नै आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश सचिव जयशंकरले भने, ‘हामीले बुद्धिस्ट सर्किटमा संयुक्तरुपमा काम गर्ने प्रस्ताव गरेका छौं । यसले विश्वभरको पर्यटक आकर्षण गर्न सक्नेछ ।’

अर्को बुँदा काठमाडौं रेलमार्गको सर्वे हो । यसलाई भारतले आफ्नो रेल बजेटमा पनि राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment